Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
« 1 2 3 4 »
सिंहलिला समाचार, २९ साउन इजरायल र प्यालेष्टायन दुवै पक्षले युद्ध विरामको सहमतीको उल्लंघन गरेका छन् । इजरायल र प्यालेष्टयन लडाकु समुहका प्रतिनिधिहरु बीच कायरोमा सम्पनन बार्तामा युद्ध विरामको अवधि थप ५ दिनका लागि बढाउने सहमती भएको थियो । तीन दिन अगाडी भएको ७२ घण्टाको युद्धविराम सकिन केहि समय बाकि छदा दुवै पक्ष ५ दिनका लागि युद्ध विराम गर्न सहमत भएका थिए । नयाँ युद्धविरामको सहमती भएलगतै इजरायलले आफुमाथी आक्रमण गरेको भन्दै गाजामा हवाई आक्रमण गरेको छ । प्यालेष्टायनी लडाकुले इजरायल माथी ५ वटा रकेट आक्रमण गरेपछि आफुहरुले आक्रमण गरेको इजरायलको भनाई रहेको छ । प्यालेष्टायनले भने इजरायलले झुठा आरोप लगाएको भन्दै पछिल्लो आक्रमणमा आफ्नो संग्लनता नहेर बताउदै आएको छ ।
सिंहलिला समाचार,१५ साउन भारतको महाराष्ट्रस्थित पुणे जिल्लाको एक आदिवासी गाउँमा हिजो गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । करिब २ सय जना फँसेको आशंका गरिएको पहिरोबाट १० जनाको मात्रै सकुशल उद्धार गरिएको उद्धार दलका सदस्यले बताएका छन् । मौसममा आएको खराबीका कारण उद्धारकार्यमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । पहिरोमा ३५ देखि ४० घर बगेको अनुमान गरिएको छ । दुर्घटना पुणे जिल्लाको सदरमुकामदेखि १ सय किलोमिटर टाढा पर्ने आम्बेगाउँ पञ्चायतको मालीण गाउँमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अविरल बर्षाका कारण एक पहाडमा पहिरो गएको थियो । घटना पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक बिज्ञप्तीमार्फत दुःख व्यक्त गरेका छन् भने गृहमन्त्री राजनाथ सिंह आज घटनास्थलमा जाँदैछन् ।
सिंहलिला समाचार १३ साउन युरोपियन युनियनले रुसमाथि थप प्रतिवन्ध लगाउने निर्णय गरेको छ । युनियनले रुसमाथि आर्थिक, उर्जा र रक्षामा थप प्रतिवन्ध लगाउने निर्णय गरेको हो । युनियनले युक्रेन संकटको विषयालाई लिएर यसअघि नै रुसका उच्च ब्याक्ति र नि
सम्पूर्ण बिषयको डिजिटल जानकारी राख्ने सफ्टवेर विकिपिडियाले अमेरिकी संसदबाट गरिने सम्पादन कार्यमा रोक लगाएको छ । अमेरिकी संसदको प्रतिनिधी सभाको कम्प्युटरबाट विकिपिडियामा राखिएका जानकारीबारे बारम्बार सम्पादन गरि महत्वपूर्ण जानकारीमा क्षती पु¥याएको भन्दै विकिपिडियाले १० दिनका लागि प्रतिबन्ध लगाएको हो ।
इजरायल र हमास बिद्रोही संगठन १२ घण्टा युद्धबिराम गर्न सहमत भएका छन् । अधिकारीहरुका अनुसार स्थानीय समय अनुसार आज बिहान ८ बजेदेखि युद्धबिराम सुरु भएको छ । यस अघि अमेरिकी विदेशमन्त्री जोन केरीले इजरायल र हमासबिद्रोहीलाई कम्तीमा ७ दिन युद्धबिराम गर्न आग्रह गरेका थिए । १२ घण्टा युद्ध बिराम गर्न सहमत भएपछि दुई पक्षलाई युद्धबिरामको समय लम्ब्याउने प्रयास भने जारी रहेको अधिकारीहरुको भनाई छ ।
ताइवानमा यात्रुबाहक विमान आपतकालीन अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा ४८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । त्यसमा २ जना फ्रेन्च नागरिक पनि थिए । ताइवानको पेङघु टापुको मागोङग विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा ताइवानकै ट्रान्सएसिया एअरवेजको ‘जी ई २२२’ विमान दुर्घटनाग्रस्त भएको हो । आन्तरिक उडानमा रहेको विमानमा ५४ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । राडारसँग सम्पर्कविच्छेद भएको केही समयपछि विमान विमानस्थलनजिकै दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । ताइवानको राजधानी ताइपेईबाट पेङघु टापुको लागि उडेको उक्त ‘एटीआर’ विमान खराब मौसमका कारण दोस्रो पटक अवतरण गर्न खोज्दा दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
इजरायलको पछिल्लो आक्रमणमा गाजापट्टिमा ८७ जनाको मृत्यु भएको छ । गाजापट्टीमा हिजो एकै दिन यति धेरै मानिस मारिएका हुन् ।
सिंहलिला समाचार । इराकको राजधानी बगदाद नजिकै भएको आत्मघाती आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । एक सिया मस्जिद नजिकै भएका दुई वटा विष्फोटमा ५५ जना भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
सिंहलिला समाचार । सिरियामा रहेको रासायनिक हतियारलाई अन्तर्राष्ट्रिय निगरानीमा राख्ने रुसको प्रस्तावमाथि संयुक्त राष्ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्य पी–फाइभको बैठकमा छलफल भैरहेको छ ।
सिंहलिला समाचार नाइजेरियामा संघर्ष गरिरहेको चरमपन्थी संगठन बोको हरामले शान्ति वार्ताका लागि गएका कम्तीमा २० जना वार्ताकारको हत्या गरेको छ ।
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives