Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
1 2 3 4 »
उत्तर भारतको एउटा अदालतले एकजना विवादित धर्मगुरु गुरमित राम रहीम सिंहलाई आफ्ना दुईजना महिला अनुयायीहरुलाई बलात्कार गरेको अभियोगमा दश वर्षको जेल सजाय सुनाएको छ।
काठमाडौं : भारतको दार्जीलिङमा अलग प्रान्तको माग राख्दै चलिरहेको गोरखाल्याण्ड आन्दोलनमा सिक्किम राज्य सरकारले ऐक्यवद्धता जनाएको छ ।
अमेरिका । अमेरिकाको दक्षिणपूर्वी राज्यमा रहेका नेपालीहरूको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१७ देखि २०१९ को लागि अध्यक्षमा हालका महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
इजिप्टको एक अदालतले ४ वर्षका बालकलाई जन्मकैदको सजायँ सुनाएको छ । ती बालक एक वर्षको छँदा उनले गरेको हत्याको अभियोगमा उनलाई अदालतले दोषी ठहर गर्दै यस्तो फैसला गरेको हो ।
दक्षिण कोरिया र अमेरिकाले यसै साताका लागि निर्धारित सयुक्त सैन्य अभ्यास गरे उनिहरुको मुख्य भुभागमा अन्धाधुन्धा परमाणु आक्रमण गर्ने उत्तर कोरियाले चेतावनी दिएको छ ।
पाकिस्तानको उत्तरपश्चिम क्षेत्र स्थित एक अदालत परिसरमा भएको आत्मघाती बम आक्रमणमा तीन प्रहरी सहित आठ जनाको मृत्यु भएको छ । सबकदर शहर स्थित आदिवासी क्षेत्रमा भएको बम आक्रमणमा २७ जना घाइते भएका छन् ।
सिंहलिला समाचार १४ कात्तिक नासाले आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी गरेको छ । डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार ९पुष १ गतेदेखी पुष ७ गतेसम्म०सम्म दिनरात पुरै अध्यारो हुने नासाले बताएको छ । सौर्य आँधीका कारण तीनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।
सिंहलिला समाचार ६ भदौ पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आँफुले राजिनामा दिए देशमा संकट उत्पन्न हुने बताएका छन् । बिभिन्न राजनीतिक दलहरुले उनको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका बेला प्रधानमन्त्री शरिफले देशमा संकट उत्पन्न हुने भन्दै कुनै पनि हालतमा राजिनामा नदिने बताएका हुन् । बरिष्ठ पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री शरिफले नजर अन्दाज गरेर राजिनामा दिए देशमा बिभिन्न समस्या उत्पन्न हुने भन्दै आँफुले राजिनामा दिने बिषयमा नसोचेको प्रष्ट पारेका छन् । सरकारले यो राजिनीतिक मुद्धालाई बार्ताको माध्यमबाट सल्टाउने प्रत्यन्त गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री शरिफले धर्नामा रहेका आन्दोलनकारीमाथि बल प्रयोग गर्न समेत सरकारले नचाहेको स्पष्ट पारेका छन् । पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान नेतृत्वको पार्टीले आन्दोलनलाई थप शसक्त बनाउँदै गएको छ । उसले सरकारले प्रतिबन्ध लगाएका बिभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेको छ भने स्थितीलाई सामान्य पार्न राजधानी इस्लामावादमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिंहलिला समाचार, ३ भदौ आगामी २५ अगष्टका लागि तय भएको भारत पाकिस्तान बीचको सचिव स्तरको भेटवार्ता स्थगित भएको छ । सचिव स्तरिय द्धविपक्षीय वार्ता स्थगित भएपछि काश्मिरमा विद्राह गर्दै आएको विद्रोही लगाएत काश्मिरका नागरिकहरुपनि निराश भएको बताइएको छ । विद्रोहीका नेताले पाकिस्तानी उच्चायुक्तसँग भेट गरि भारत सरकारको यस किसिमको फैसला दुर्भाग्यपुर्ण भएको बताएका छन् । वार्ता स्थतिग भएपनि विद्रोही नेताहरुले पाकिस्तानका उच्चआयुक्त सँगको भेटवार्तालाई जारि राख्ने बताएका छन् । काश्मिरका नेता सैयद अली शाह गिलानी तथा मीरवाइज अमर फारुकले आज पाकिस्तानका उच्च आयुक्त अब्दुल बासितसँग भेटवार्ता गरेको बताइएको छ । उनिहरुबीचको भेटवार्ता भोलि पनि जारि रहने भारती सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । पाकिस्तानी उच्च आयुक्तसँगको भेटलाई जारि राख्दा कुनै आपत्ती नहुने विद्रोहीका नेताहरुको भनाई रहेको छ । उच्च स्थरिय वार्ता रद्ध हुनु निरासा जनाक भएको भन्दै भाजपा सरकार प्रस्तावित बैठकको पक्षमा भएपनि काग्रेसको दवावका कारण स्थगित भएको विष्लेशकहरुको भनाई रहेको छ ।
सिंहलिला समाचार, २९ साउन क्याथोलिक धर्मका गुुरु पोप फ्रान्सिस दक्षिण कोरिया पुगेका छन् । पोप बनेपछि उनको यो पहिलो एसिया भ्रमण हो भने क्याथोलिक धर्मका पोपको २० वर्षपछिको एसिया भ्रमण हो । दक्षिण कोरियामा पुग्दा उनलाई त्यहाँका राष्ट्रपति पार्क गुएन हेले विमानस्थलमा स्वागत गरेकी थिइन् । उनले कोरियामा हुन गइरहेको क्याथोलिक युवा महोत्सवमा सहभागी हुने बताइएको छ । दक्षिण कोरियाको क्याथोलिक चर्चमा दक्षिण कोरियाका १० दशमलव ४ प्रतिशत मानिस सदस्य रहेका छन् । पोपले १८आंै र १९आंै शताब्दीमा दक्षिण कोरियामा मारिएका क्याथोलिक नागरिकप्रति श्रद्धान्जली दिने बताइएको छ । उता, उत्तर कोरियाले भने दक्षिण कोरियामा पोप फ्रान्सिसको भ्रमणको पूर्व सन्ध्यामा पूर्वी सिमानमा तीन ओटा रकेट खसालेको बताइएको छ ।
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives