Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
« 1 2 3 4 »
सिंहलिला समाचार क्रिकेटर ग्रुप फिदिमले सदरमुकाम फिलिममा क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ग्रुपले सो बारे जानकारी गराएको हो । बुधवारबाट सदरमुकाममा आयोजना हुने प्रतियोगितामा सदरमुकाम क्षेत्रका ४ टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष लक्ष्मीरमण सुबेदीले जानकारी दिनुभयो । करिव २५ हजार लागतमा आयोजना गर्न लागिएको प्रतियोगितालाई मानव डेन्टह हस्पीटल फिदिमसंगै स्थानिय प्रायोजनमा गर्न लागिएको ग्रुपले जनाएको छ । प्रतियोगिताको बिजयी टिमलाइ नगद पुरस्कारका साथमा रनिङ कप मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकको तयारी छ । पत्रकार सम्मेलनको अवसरमा सञ्चारकर्मीका लागि खेल रिपोर्टिङमा सहज होस भन्दै खेलका प्राबिधिक बिषयमा जानकारी गराइएको थियो । फिदिम खेलमैदानमा प्रत्यक्ष खेल जानकारी गराइएको हो ।
सिंहलिला समाचार ४ भदौ एसिसी अण्डर सिक्सटीन प्रिमियर लिग क्रिकेटको उपाधि नेपालले हात पारेको छ । नेपालले ३२ रनले मलेशियालाई जित्दै पहिलो पटक यो उपाधि जितेको हो । नेपालले टस हारेर पहिले ब्याटिङ्ग गर्दै बनाएको १ सय ६१ रनको जबाफी ब्याटिङ्गमा मलेसियाले १ सय २७ रन मात्र बनाउन सक्यो । नेपालका तर्फबाट पवन सरार्फले ४४ र रबि चन्दले ३४ रनको योगदान दिएका थिए । ६ राष्ट्र सहभागि प्रतियोगितामा नेपालले लगातार ५ खेलमा जित आत्म साथ गर्दै यो उपाधि हात पारेको हो । अघिल्लो संस्करणको उपाधि मलेशियाले जितेको थियो । यस अघिका संस्करणमा मलेशियासँग हारेको नेपालले आजको जितसँगै पुरानो बदला पनि लिएको छ । खेलमा नेपालका पवन सर्राफ म्यान अफ द म्याच घोषित भए ।
सिंहलिला समाचार २९ साउन मलेसियामा जारि एसीसी अन्डर सिक्सटिन प्रिमियर लिग क्रिकेटमा नेपालले सानदार जित निकालेको छ । नेपालले थाइल्याण्डलाई १० विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । मलेसियाको सेलङगोर ट्रफ क्लवमा थाइल्याण्डले दिएको ४९ रनको लक्ष्य नेपालले ६ ओभर १ बलमा विनाकुनै विकेटको क्षतीमा भेट्टायो । नेपालका सुसान्त सिंहले २ छक्का र २ चौकाको मदतले २५ तथा ३ चौका प्रहार गरेका रवि शाहले १६ रन बनाउन सफल भए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ३२ ओभर ४ बलमा ४८ रनमा समेटिन पुग्यो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा ६ ओभर वलिङ गरेका नेपालका स्पिनर जितेन्द्र सिंह ठाकुरले जम्मा ३ रन खर्चदै सर्वाधिक ५ विकेट लिए । त्यस्तै अनिल खरेल २ तथा आशिष पोखरेल, विजय चौधरी र पवन शर्राफले समान एक एक विकेट लिए। प्रतियोगिताको म्यान अफ दी म्याच नेपालका जितेन्द्र सिंह ठाकुर घोषित भए । नेपालले आफ्नो दोस्रो खेलमा भोली सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ
अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको १६ वर्ष मुनिको फूटबल टोली आज स्वदेश फर्किएको छ । नेपाली युवा टोली आज काठमाडौ आइपुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
किराँत धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा गुरुआमा पवित्राहाङमा साँबा लिङ्देन नोमाङगेन्ना मूल समारोह सम्पन्न गर्न अमेरिका र हङकङका किराँत धर्मावलम्बीले एक लाख भन्दा बढी सहयोग गरेका छन । मूल समारोह समितिका आर्थिक संयोजक कुलबहादुर लावतीले
साफ च्याम्पियनसिप उपाधि यात्रामा रहेको नेपालले आज अफगानिस्तानसँग भिडन्त गर्ने भएको छ । दशरथ रंगशालामा हुने खेलमा समुहचरणको बिजेत बन्दै सेमिफाइनलमा आइपुगेको नेपाल साफ फुटवलमा तेस्रो पटक सेमिफाइनलमा आइपुगेको हो । नेपाल यसअघि सन् १९९९ र २०११ म
साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न विदेश गएको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्र्किएको छ । टोली गएराति काठमाण्डौ आइपुगेको हो ।
मुनाल क्लव चन्द्रगढी झापालाई दुइ शुन्य गोलले पराजित गर्दै कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङले कंञ्चनजंघा च्यालेन्ज रनिङ कप पुरुष फुटवलको उपाधि चुमेको छ ।
पाँचथरको फिदिममा जारी १६ बर्ष मुनिको कोकाकोला अन्तर बिद्यलाय स्तरिय फुटवल प्रतियोगितामा आज मेची बोर्डिङ र बिद्याबरदान बोर्डिङका बिच प्रतिश्पर्धा हुँदै छ ।
पाँचथरको फिदिममा जारी १६ बर्ष मुनिको कोकाकोला अन्तर बिद्यलाय स्तरिय फुटवल प्रतियोगिता अन्तरगत आज भएको खेलबाट मेची बोर्डिङ फाईनलमा प्रबेश गरेको छ ।
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives