Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
« 1 2 3 4 »
पाँचथर, १६ माघ नेपालमा फुटवल खेलको ब्यवसायिक बिकास र दक्ष खेलाडी उत्पादनका लागि ग्रासरुट अवधारण आवस्यक रहेको नेपाल फुटवल संघले जनाएको छ । नेपालको सन्दर्भमा ८ देखी १३ बर्षका बालबालीकाहरुलाई फुटवलमा केन्द्रित गराउने खेल बिधी नै ग्रासरुट अवधारणा हो । नेपाली फुटवल टोलीका पुर्व कप्तान तथा अखिल नेपाल फुटवल संघ (एन्फा) का टेक्निकल निर्देशक उपेन्द्रमान सिंका अनुसार ग्रासरुट अवधारणाले फुटवलमा चासो राख्ने बालवालीकालाई उनीहरुको उमेर अनुसारको खेलमा सहभागीता जनाउने गर्छ । अवधारण अनुसारको खेल हाल उपत्यकाका १३ वटा बिद्यालयमा जारी छ । त्यही अवधारणलाई देशब्यापी बनाउन आवस्यक रहेको सिंले फिदिममा आयोजित अन्तरकृया कार्यक्रममा बताए । खेलमैदानको समान्य ब्यवस्थापनमा स्थानीय स्रोत साधनको प्रयोगबाट पनि दक्ष खेलाडी उत्पादन गर्न सकिने सिंले बताए । यस अघि सोही अवधारणाको बिकासका लागि एन्फाले उपत्यका बाहिर बुटवल, बाँके र झापामा प्रसिक्षक तयार गरेको थियो । एन्फाले तयार गरेका उपत्यका सहित चार जिल्लाका प्रशिक्षक मध्ये अहिले उपत्यकामा मात्रै सही अवधारणा अनुसार प्रशिक्षण भइरहेको छ । प्रशिक्षणका क्रममा बालबालिकालाई अध्ययनमा बाधा नहुने गरी हप्ताको एक दिन प्रयोगात्मक शिक्षण दिने गरिएको छ । अवधारणा अन्तरगत जिल्ला तहमा त्यसको नेतृत्व जिल्ला फुटवल संघले गर्नेछ । आवसयक प्रशिक्षकको उत्पादनमा भने एन्फाले सहयोग दिने बताइएको छ । यस्तो बिधिबाट उत्पादन हुने खेलाडीहरु मध्येबाट छनौटमा परेकाहरुलाई बिशेष अवसरका साथ उमेर अनुसारका प्रतियोगितामा सहभागी गराउँदै लैजाने र भबिस्यमा राष्ट्रिय खेलाडी बिकास गर्ने संघको तयारी हो । कम खर्चिलो र सामान्य खेलमैदानमा पनि त्यस्तो प्रशिक्षण दिन सकिने भएकाले पहाडी जिल्लाहरुमा झनै आवस्यक रहेको जिल्ला फुटवल संघका प्रशिक्षक पासाङ तामाङले जानकारी दिए । शुक्रवार ओयोजित कार्यक्रम जिल्ला फुटवल संघको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा संघका केन्द्रिय सदस्य शुरेस शाह, जिल्ला उपाध्यक्ष बिमल श्रेष्ठ, रेफ्रि गम्भिरहाङ नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।
फिदिम १९ पुस पाँचथर सदरमुकाम फिदिममा जारी छैठौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न पहिलो सेमी फाइनल खेलमा प्रतिश्पर्धी अनारमनी फुटवल क्लव झापालाई २ का विरुद्व ३ गोलले पराजित गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लव फाइनलमा प्रवेश गरेको छ । फिदिम उच्च माविको खेलमैदानमा भएको खेलमा फिदिम स्पोर्टिङ क्लवका तर्फवाट ८ नम्वर जर्सीधारी भिक्टोरले ३ गोल गर्दै आयोजकटिमलाई फाइनलमा पु¥याएका हुन । नाइजेरियन खेलाडी भिक्टोरले कमशः खेल शुरु भएको पहिलो २८ औं र ७५ औं मिनेटमा गोल गरेका थिए । यता अनारमनी फुटवल क्लवका तर्फवाट ७ नम्वर जर्सीधारी कर्ण लिम्वुले खेल शुरु भएको १२औं र ३७ औं मिनेटमा गोल गरेका थिए । शनिवारको खेलमा फिदिम स्पोर्टिङ क्लवका ८ नम्वर जर्सीधारी भिक्टोरलाई नै म्यान अफ दि म्याच घोषणा गरिएको थियो भने ६ नम्वर जर्सीधारी फ्लोरालाई पँहेलो कार्ड दिइएको थियो । आइतवार हुने अन्तिम सेमी फाइनलमा विआरसी फ्यान क्लव भुटान र शशस्त्र प्रहरी वल दमक विच प्रतिश्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । मंगलवार उपाधीका लागि आयोजक टिम र आइतवारको विजेताका लागि प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो चरणमा प्रतिश्पर्धामा उत्रिएका भुटान,भारत,काठमाण्डौ,ताप्लेजुङ,पाँचथर,मोरङ,र झापा मध्ये पहिलो चरणको खेलवाट भारत,मोरङ र काठमाण्डौ पहिलो चरणवाटै वाहिरिएका थिए भने झापाको अनारमनी फुटवल क्लव सेमी फाइनल चरणवाट वाहिरिएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५५ हजार ५ सय ५५ नगदका साथ ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । आयोजकले फाल्गुनन्द गोल्डकप पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता भनेर दावी गर्दै आएको छ ।
पाँचथर, १७ पुस पाँचथरको फिदिममा मंगलबारबाट जारी छैटौ वाइवाइ फाल्गुनन्द गोल्डकपको तेस्रोे खेलबाट आयोजक फिदिम स्पोर्टिङ क्लव अन्तिम चारमा प्रबेश गरेको छ । कञ्चनजंघा फुटवल क्लव दार्जिलिङ भारतलाई सुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ कलव अघिल्लो चरण प्रवेश गरेको हो । निकै प्रतिश्पर्धात्मक खेलमा फिदिम स्पोर्टिङका जर्सी नम्बर १० का हेमन्त थापा मगरले खेल सुरु भएको १३ औ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । आयोजकले अव उद्घाटन खेलको बिजेता अनारमनी फुटवल क्लव झापासंग खेल्ने भएको छ । आजको जित संगै अनारमनीसंगको भेट पक्का गरेको हो । एडिभिजनमा खेलेका अनुभवी खेलाडीका साथ नाइजेरीया र आभरीकोष्टका ३ खेलाडी भित्राएको फिदिमले कञ्चनजंघालाई सुरु देीनै दवावमा राखेको थियो । आज सम्पन्न खेलबाट फिदिमका हेमन्त थापामगर म्यान अफ दि म्याच घोषित भएका छन । प्रतियोगिताबाट पहिलो खेलमा पराजित ताप्लेजुङ, दोस्रो खेलमा पराजित मोरङ र तेस्रो खेलमा पराजित कञ्चनजंघा फुटवल क्लव भारत बिदा भएका छन । प्रतियोगिताको शुक्रवार हुने खेलमा शशत्र प्रहरी दमक र चर्च ब्वाइज क्लव काठमाण्डौ भिड्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको बिजयी टिमले नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैयाका साथमा ट्रफि मेडल र प्रमाण्पत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल पुस २२ गते हुनेछ । तस्विर– फाल्गुनन्द गोल्डकपको तेस्रो खेल शुरु हुनु पुर्व मैदान प्रवेशमा खेलाडी ।
पाँचथर, १७ पुस पाँचथरको फिदिममा मंगलबारबाट जारी छैटौ फाल्गुनन्द गोल्डकपमा आज आयोजक फिदिम स्पोर्टिङ क्लव र कञ्चनजंघा फुटवल क्लव भारतका भिड्ने भएका छन । दिउँसो २ बजेबाट फिदिम खेलमैदानमा सुरु हुने खेलमा दुबै टिम ब्यापक तयारीका साथ मैदान उत्रदै छन । आयोजक फिदिम स्पोर्टिङ क्लवले यस बर्ष ३ जना नाइजेरियन खेलाडी भित्राएको छ । छैटौ संस्करणमा दुइ बिदेशी टिमले सहभागीता जनाउने भए पछि आयोजकले पनि उच्च तयारी गरेको हो । प्रतियोगिताको बिजयी टिमले नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैयाका साथमा ट्रफि मेडल र प्रमाण्पत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल पुस २२ गते हुनेछ ।
पाँचथर, १६ पुस पाँचथरको फिदिममा मंगलबारबाट जारी छैटौ फाल्गुनन्द गोल्डकपको दोस्रो खेलमा बुधवार फ्यान्स क्लव (बिआारसी) भुटान बिजयी भएको छ । उर्लावारी फुटवल संघ मोरङलाई सुन्यका बिरुद्ध १ गोल गर्दै भुटान बिजयी भएको हो । भुटानका लागि जर्सी नम्बर १० का एलबिसले मध्यान्तर पछिको ३१ औ मिनेटमा गोल गरेका थिए । आजको म्यान अफ द म्याज एलबिस घोषित भए । प्रतियोगितामा भुटानका दिनेश कार्की र मोरङका निरज बस्नेत र बिजय धिमालले पहेलो कार्ड पाएका थिए । प्रतिश्पर्धात्मक खेलमा सुरु देखीनै भुटानले मोरङलाई दवावमा राखेको थियो । प्रतियोगिताको बिहिवारको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लव र कञ्चनजंघा फुटवल क्लव भारतका बिच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको बिजयी टिमले नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैयाका साथमा ट्रफि मेडल र प्रमाण्पत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल पुस २२ गते हुनेछ ।
पाँचथर, १५ पुस पाँचथरको फिदिममा फाल्गुनन्द गोल्डकपको छैटौ संस्करण शुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा अनारमनी फुटवल क्लव बिजयी भएको छ । ताप्लेजुङलाई एकका बिरुद्ध ४ गोल गर्दै अनारमनी बिजयी भएको हो । खेल शुरु भएको १० मिनेटमा अनारमनीका गणेश खड्काले टिमका लागि पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यस पछि पहिलो मध्यान्तर अघिको ३५ औ मिनेटमा अनारमनीका योगेश गुरुङले अर्को गोल गर्दै खेललाई २–० को नतिजामा पुर्याए । मध्यान्तर पछि अनारमनीका करन लिम्बुले लगातार दुई गोल गर्दै आफनो टिमलाई जित दिलाउन सफल भए । ताप्लेजुङका तर्फबाट खमिरग्लिसन कन्दङवाले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन । प्रतियोगितामा भारत र भुटान सहित ८ टिमको सहभागीता रहेको छ । २२ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले गर्नु भएको हो । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैया पाउने छ भने उप बिजेताले ५५ हजार ५ सय ५५ रुपैया पाउने आयोजक फिदिम स्पोर्टिङ क्लवले जानकारी दिएको छ । प्रतियोगिताको भोलीको खेल फेन्स क्लव बिआरसी भुटान र उर्लाबारी मोरङका बिच हुने तय भएको छ ।
पाँचथर, १४ पुस, पुर्वी पहाडमा सर्वाधिक पुरस्कार राशी भएको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको छैंठौ सस्करण मंगलवारदेखि पाँचथर सदरमुकाम फिदिममा आयोजना हुँदैछ । प्रतियोगिता फिदिम स्पोर्टिङ क्लवले आयोजना गरेको हो । सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक सस्थाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । फिदिम स्पोटिङ क्लवका अध्यक्ष किरण श्रेष्ठका अनुसार यसवर्षको प्रतियोगितामा ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, काठमाण्डौ, भारत, भुटान र शशत्र प्रहरीको दमक टिम गरी ८ टिमले सहभागिता जनाँउदैछन । प्रतियोगितामा यस बर्ष दुई बिदेशी टिमले सहभागी हुन लागेका हुन । प्रतियोगिता माघ ८ गतेसम्म सञ्चालन हुने छ । खेलमा पहिलो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैंया र दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैंया नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन । प्रतियोगितालाई वाइवाइ तयारी चाउचाउ लगायत विभिन्न संघ सस्थाले प्रायोजन गरेका छन । मंगलवार हुने उद्घाटन खेलमा ताप्लेजुङ र झापा विच प्रतिश्पर्धा हुने वताइएको छ । यसैबिच छैठौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता उद्घाटन कार्यक्रमको पुर्व सन्ध्यामा सोमवार आयोजक सस्थाको अगुवाईमा फिदिम वजार सरफाई गरिएको छ । सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीसँगै विभिन्न संघ संस्थाको सहभागिता थियो । जिल्ला विकास समिति अगाडीवाट शुरु भएको सरसफाई कार्यक्रमको शुरुवात पाँचथरका प्रमूख जिल्ला अधिकारी प्रदीपराज कँडेलले गरेका थिए ।
सिंहलिला समाचार,२४ मंसिर अघिल्ला बर्ष भन्दा फरक ब्यवस्थापनका साथ छैटौ फाल्गुनन्द गोल्डकप प्रतियोगिता हुने भएको छ । पाँचथरको फिदिममा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र भइरहेको छ । प्रतियोगिताको छैटौ संस्करणमा आठ टिमको सहभागिता रहने फिदिम स्टोर्टिङ क्लवले बुधवार फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । प्रतियोगितामा आयोजक फिदिम स्टोर्टिङ क्लवसंगै ताप्लेजुङ जिल्ला फुटवल संघ, उर्लावारी फुटवल क्लव मोरङ, अनारमनी झापा, एपिएएफ दमक, चर्चब्वाईज क्लव काठमाण्डौ, कञ्चनजंघा युनाईटेड फुटवल क्लव सिलिगुडी, र पmुर्यान्स क्लव बिआरसी भुटान सहभागी हुने क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभएको छ । पुष १५ बाट २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस बर्ष दुई बिदेशी टोलीले स्थान पाएका छन । गत बर्ष सहभागी भएको इलाम भने यसबर्ष प्रतियोगितामा सहभागी नहुने भएको छ । वाइवाइले मुख्य प्रायोजन गरेको प्रतियोगिताका यस बर्ष वाइवाइ छैटौ फाल्गुनन्द गोल्डकप २०७१ हुने भएको छ । प्रतियोगितालाई टाटा कम्पनीले सह प्रायोजन गर्ने बताईएको छ । यस बर्ष बाट प्रतियोगितामा पहिलो हुने टोलीलले नगद १ लाख ११ हजार १ सय ११ रुपैया पाउने छ । दितिय हुनेले ५५ हजार ५ सय ५५ रुपैया पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको पहिलो पुरस्कार नेम्बाङ सेवा समाज बेलायतले उपलब्ध गराएको छ भने दोस्रो पुरस्कार बेलायतमा रहनुभएका भुपेन लिम्बु उपलब्ध गराउनु भएको छ । गत बर्ष भन्दा पुरस्कार राशिमा बृद्धि गरिएको हो । गरिव २० लाख लगानीमा सम्पन्न गर्न लागिएको प्रतियोगिताका लागि प्रवासमा रहेका नेपालीहरुले समेत सहयोग गरेका छन । यो संगै जिल्लामा जिबिस पाँचथर, पाँचथर उद्योग बाँणिज्य संघ, यातायात ब्यवसायी, अन्य ब्यवसायी लगायतले सहयोग गरेको क्लवले जानकारी दिएको छ । प्रतियोगिताको अवसरमा सांगितिक कार्यक्रमको समेत आयोजा गरिने भएको छ । २१ गते आयोजना गरिने कार्यक्रममा आगय मिङमा शेर्पा, उत्तमजंग लिम्बु, रेजिना रिमाल, प्रलाद लिम्सिना लगायतको प्रश्तुती रहने छ ।
सिंहलिला समाचार ÷पाँचथर ३० कात्तिक हरेक बर्ष आयोजना हुने पुर्वाञ्चल क्षेत्रको उच्च धनराशी पुरस्कार मध्येको फाल्गुनन्द गोल्डकपको छैटौ संस्करण आगामी पुष १५ गतेबाट आयोजना हुने भएको छ । फिदिम खेल मैदानमा पुष २२ गते सम्म जारी रहने प्रतियोगितामा नेपाल, भारत, भुटान लगायतका १० टिमको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।
सिंहलिला समाचार १३ कात्तिक आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि नेपालले जितेको छ । मलेसियामा भएको खेलमा युगाण्डालाई ६२ रनले हराउँदै नेपालले उपाधि हासिल गरेको हो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९।५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाएको थियो भने २२४ रनको लक्ष्यसहित मैदानमा छिरेको युगाण्डा ४४।१ ओभरमा १६१ रनमा समेटियो । आयोजक राष्ट्र मलेसियालाई हराउँदै नेपाल डिभिजन टु मा बढुवा भएको छ ।
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives