Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
« 1 2 3 4 5 6 7 8 »
सिंहलिला समाचार पाँचथरको रवि वजारमा शाखा अधिकृत दरवन्दीको एकिकृत सेवा केन्द्र सञ्चालन गरिने भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय वैठकले जिल्ला स्थित लिम्वा,दुरदिम्वा,कुरुम्वा,रवि,हाङगुम,आङना,मौवा,सराङडाडा लगायतका १०
सिंहलिला समाचार÷फिदिम २३ कात्तिक, फिदिम वजारमा सञ्चालन भइरहेको श्रीमद् भागवत ज्ञान महायज्ञमा आर्थिक र जग्गादान गर्नेहरुको संख्या दैनिक वृद्वी भइरहेको छ । फिदिम वजार क्षेत्रमा वितरित स्वच्छ पिउने पानीको दिर्घकालिन सञ्चालका लागि अक्षयकोश स्थापना,फिदिम वजारमा बहुउदेसीय भवन निर्माण र १६ औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको कर्मथलोका रुपमा स्थापित लव्रेकुटी क्षेत्रको पर्यटन विकासमा सहयोग पु¥याउने उदेस्यले महायज्ञ आयोजना गरिएको हो । पाँचथर उद्योग वाणिज्य संघको अगुवाईमा महायज्ञ शुरु भएको तेस्रो दिन आइतवार विहान सम्ममा करिव ६० लाख नगद र १ रोपनी जग्गा दान स्वरुप प्राप्त भएको आयोजक सस्थाले जानकारी दिएको छ ।
सिहलिला समाचार÷पाँचथर, २१ कात्तिक पाँचथर सदरमुकाम फिदिममा बिहिवारबाट जारी श्रीमद्ध भागवत ज्ञान महायज्ञ आज पनि जारी छ । पाँचथर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महायज्ञको तेस्रो दिन आज ३५ लाख नगद र फिदिम ४ गडीमा एक रोपनी जग्गा प्रदान गरिएको छ । बिभिन्न क्षेत्रका दाताहरुले नगद दान गरेका हुन भने पाँचथर उद्योग बाँणिज्य संघका उपाध्यक्ष गोबिन्द ढकालले एक रोपनि जग्गा दान गर्नु भएको हो । जारी महायज्ञमा वाचन प्रविण दिनवन्धु पोखरेलले प्रमूख वाचकको भूमिका निर्वाह गरिरहनु भएको छ । फिदिम वजारमा स्वच्छ पिउने पानीको दिर्घकालिन सञ्चालन, फिदिम वजारमै वहुउदेसीय भवन निर्माण र १६ राष्ट्रिय विभुती तथा महागुरु फाल्गुनन्दको कर्मस्थल रहेको लवे्रकुटी क्षेत्रको पर्यटन विकासमा सहयोग गर्ने उदेस्यले महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा १ करोड ५० लाख रुपैंया संकलन गर्ने लक्ष रहेकोमा आयोजक संस्थाले जानकारी दिएको छ ।
सिंहलिला समाचार, ६ कात्तिक दसैँमा कारोबार हुन नसकेको सुनको व्यवसाय अहिले तिहारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार काठमाडौँमा मात्र यो हप्ता दैनिक २५ किलो सुन तथा २०० किलो चाँदीको कारोबार भएको छ । दसैँमा दैनिक १० किलो सुन तथा करिब १ सय किलो चाँदी खरिद बिक्री भएको थियो । महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको सुनको मूल्य र नेपाली रुपियााको क्रय शक्ति घटदै गएका कारण सुनको कारोबारमा कमी आएकाले व्यवसायीलाई काम गर्न कठिन भएको बताउनुभयो ।
सिंहलिला समाचार यसपालीको तिहारमा झिलिमिलि बत्ति बाल्न नपाइने भएको छ । राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको सरकारले तिहारमा झिलिमिली बत्ति बाल्न पनि नदिने भएको हो । नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गरेर घर, पसल, तथा सडकमा उत्सव बत्ति नबाल्न आग्रह गरेको हो । साथै कात्तिक ५ गतेदेखि ८ गतेसम्म बेलुकीको समयमा फ्रिज, आइनर, राइस कुकर, एसी जस्ता विद्युत धेरै खपत हुने उपकरण नचलाउन आग्रह गरेको छ । प्राधिकरणले भने जसो नगर्ने उपभोक्ताको लाईन काट्े प्राधिकरणको तयारी छ । चाडपर्वको समयमा बिद्युत खपत बड्न सकने भन्दै प्राधिकरण त्यस्तो नियम बनाएको स्रोतले बतायो ।
सिंहलिला समाचार २९ भदौ ग्रामिण महिलाकोग्रामिण महिलाहरु सुत्केरी अवस्थामा आवस्यक स्वास्थ्य परिक्षण तथा चेकजाँचका लागि नियमित स्वास्थ्य केन्द्रमा पुग्ने चेतनाको बिकास हुन नसकेका ग्रामिण बस्तिमा सोही ठाउँका महिलाहरु सहभागी सहकारी भरपर्दो माध्यम बन्न थालेको छ । जिल्लाका अधिकांस क्षेत्र ग्रामिण सडकसंग जोडिएको भए पनि बाह्रै महिना गाडी चल्न सक्ने अवस्थाका छैनन । सवारी पर्याप्त उपलब्ध नहुने कारण सुत्केरी अवस्थामा पनि जोखिममा जीवनयापन गर्न उनीहरु बाध्य छन । सवारीको उपलब्धता भए पनि खर्च अभावका कारण ग्रामिण महिलाहरुले असुरक्षित सुत्केरी हुनु परेको यथार्थलाई मनन गर्दै पाँचथरमा सञ्चालित एउटा सहकारीले थालेको सुत्केरी भत्ताको क्रम पछिल्लो एक बर्षमा निकै लोकप्रीय बन्दै गएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालित फिदिम स्थित सेवा केन्द्रबाट गएको एक बर्षमा २५ जना ग्रामिण महिलालाई सुत्केरी भत्ता बितरण गर्यो ।
सिंहलिला समाचार २६ भदौ संविधान सभाको उद्योग वाणिज्य आपुर्ती व्यवस्था तथा उपभोक्ता हक हित संरक्षण समितिको सभापतिमा केहिदिनअघि सर्वसम्मत निर्वाचित भएका भिष्मराज आङदेम्वे वुधवार गृह जिल्ला पाँचथरमा सम्मानित भएका छन । पाँचथर उद्योग वाणिज्य संघले सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गर्दै आङदेम्वेलाई सम्मान गरेको हो । पाँचथर क्षेत्र नम्वर २ वाट संविधान सभा निर्वाचन २ मा निर्वाचित भएका आङदेम्वे भदौ ११ गते संविधान सभाको उद्योग वाणिज्य आपुर्ती व्यवस्था तथा उपभोक्ता हक हित संरक्षण समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।
सिंशलिला समाचार, २६ भदौ ‘खोल्साको सुन’ भनेर चिनिएको पुर्वी पहाडी जिल्लाको मुख्य नगदेबाली अलैचीको एक सिजनको अन्तिम गोडमेल तथा टिप्ने कार्य सुरु भएको छ । बर्ष भरीको मेहनत पछि एक बर्षका लागि उत्पादनको अन्तिम अवस्थामा पुगेको अलैची बगानबाटै हराउने कारण कृषक समस्यामा छन । अघिल्ला बर्ष पनि बगानबाटै अलैची हराएकले निकै सास्ती खेप्नुपरेको बिगतलाई सम्झदै जिल्लाको फलैचा र च्याङथापु गाबिसवासीले सामुहिक निर्णय गरेका छन । उनीहरुको निर्णयमा १५ बर्ष भन्दा कम उमेरका बालबालिकाले अलैची बेच्न नपाउने उल्लेख छ । अलैची बगानबाटै हराउने समस्यका कारण त्यस्तो कार्यमा कम उमेरका बालबालिका समाबेस रहने गरेको पाइएकाले त्यस्तो निर्णय गर्नु परेको स्थानिय कुमार सिवाकोटीले जानकारी दिए ।
सिंहलिला समाचार÷तेह्रथुम साउन २४ पर्याप्त बर्षात् नुहुदा पुर्वी पहाडी जिल्ला तेह्रथुममा श्रावणको तेश्रो साता बित्दा पनि ६८ प्रतिशत मात्र धान रोपाई भएको छ । श्रावणको तेस्रो साता बित्दा पनि जिल्लामा ६८ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ । कार्यालयका अनुसार यसवर्ष जिल्लामा गत वर्ष भन्दा झन्डै ३० प्रतिशत कमी मात्र रोपाई भएको छ । अब पानी परे पनि खेत रोपिने सम्भावना छैन, जिल्ला कृर्षि विकास कार्यलय तेह्रथुमका कृषि प्रसार अधिकृत सत्य देव मण्डलले भन्नुभयो, किसानले वल्ल–तल्ल रोपेको धान पनि मर्न थालेको छ । यही अवस्था रहे आगामी वर्ष जिल्लामा ५० प्रतिशत बढी धान उत्पादन घट्ने अनुमान जिल्ला कृषि विकास कार्यालयको रहेको छ । जिल्लाको कुल धान खेतीयोग्य जग्गा मध्ये झन्डै १२ प्रतिशत जग्गामा मात्र सिचाइ सुविधा उपलब्ध छ । बाकी सबै खेत आकाशे पानीको भरमा छन ।
सिंहलिला समाचार २४ साउन पाँचथर जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा सडक र पुल निमार्णका लागि मात्रै ४ करोड बजेट छुटिएको छ । सडक डिभिजन कार्यालय नम्बर १ इलाम मार्फत काम गर्नका लागि उक्त योजनामा एउटा पुल र १७ वटा सडकका लागि सो रकम छुटिएको हो । जिल्लाको सदरमुकाम फिदिम देखी उत्तरी फालोट जोड्ने मोटरबाटोमा पर्ने फेमेखोला पुलको निमार्णका लागि मात्र ै ३० लाख छुटिएको छ । यता सडक योजनाका लागि क्षेत्रिय तथा पर्यटकीय सडक अन्तरगत ७९ लाख बिनियोजन भएको छ । संभाबित रणनैतिक सडकका लागि २ करोड १० लाख, आर्थिक केन्द्र जोड्ने सडकका लागि ६४ लाख ७६ हजार, अन्य सहरी सडकका लागि २० लाख रुपैया छुटिएको छ ।
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives