Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
« 1 2 3 4 5 6 »
नयाँ शहर आयोजना फिदिमले गरेका कार्यसम्पादनबारे संचारकर्मिलाइ जानकारी गराएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०६७ र ६८ मा मध्यपहाडी लोकमार्ग अन्तरगत १० वटा शहरलाई आधुनिक शहरमा विकाश तथा निर्माण गर्ने कार्य बमोजिम २०६७
तेह्रथुम ११ चैत्र, तेह्रथुम जिल्ला अदालतमा दुई दशक भन्दा अघिदेखिकोे कैद र जरिवाना असुल हुन अझै बाँकी रहेको छ । मुद्धा फैसला भइसकेपछि कार्यान्वयनमा उल्लेख्य चासो नदिइँदा यतिका लामो समय देखिको लाखौँ रुपैयाँ जरिवाना असुल हुन नसकेको हो ।
चैत्र ५, काठमाडौँ, राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् ।
फिदिम २८ फागुन/ संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहिले नागरिकको आफ्नै सरकारबाट सेवा लिने चाहाना पुरा हुने बताउनुभयो । इलामको २२ औ जिल्ला परिषदले तयार गरेको नीति तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा प्रमुख अतिथिको
फिदिम २८ फागुन / जिल्ला कृषि बिकास कार्यालयले जिल्लामा मकैको उत्पादन बृद्धि गर्ने उदेश्यले लामो अध्ययन पछि माटो सुहाउँदो मकैको बिउ बितरण गरेको छ । कार्यालयले कृषकको सहुलियतका लागि अनुदानमा यस बर्ष २० मेट्रिकटन बिउ बितरण गरेको हो ।
काठमाडौं, फागुन ११ – नेपाली रुपैयाँ अमेरिकी डलरसँग अहिलेसम्म कै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको सटहीदर एक सय १० रुपैयाँ चार पैसा तोकेको थियो जुन अहिलेसम्म कै सबैभन्दा धेरै हो ।
प्रकाश धौलाकोटी ९ मंसिर तेह्रथुम भारतीय नाकाबन्दी तथा तराईमा भएको आन्दोलनका कारण पुर्वी पहाडी जिल्ला तेह्रथुमका साना तथा ठुला उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । नाकाबन्दीबाट सिर्जिएको इन्धन अभावका कारण उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयात
ख्याम भुजेल÷ इलाम, ७ मंसीर भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा उत्पादन हुने सबैजसो बस्तुको निर्यातमा ह«ास आएको भए पनि नेपालको पूर्वी भेगमा उत्पादन हुने कृषिजन्य उत्पादनको निर्यातमा भने खासै असर देखिएको छैन ।
पाँचथर ५ मंसिर साना उद्योगमा क्रियाशिल महिलाको उद्योग प्रबर्धनका लागि भन्दै सरकारले देशभरका २६ जिल्लामा ५० लाखका दरले लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयको तयारी अनुसार पुर्वको पाँचथर सहित संखुवासभा, खोटाङ सप्तरीसंगै देशभरका २६ जिल्लामा रकम लगानी गर्न लागेको घरेलु तथा साना उद्योग महासंघ पाँचथरले जानकारी दिएको छ । महासंघको सिफारिसमा सरकाले लगानी प्रदान गर्ने तयारी गरेको छ ।
पाँचथर, ६ चैत्र पाँचथरको लिम्बा गाबिस वडा नम्बर ९ का शन्तबिर तामाङ ४ हजार रुपैया खर्च गरेर दुई महिना अघि सदरमुकाम आए । दुई दिनको यात्रा पछि छोरा दिनेश तामाङको राहदानी बनाईदिन उनी सदरमुकाम आएका हुन । अढाई महिना अघि जिल्ला प्रसासन कार्यालय पाँचथरमा राहदानिका लागि निबेदन दिएका उनलाई प्रसासनले ४५ दिन पछि सम्पर्कमा आउन भनेको थियो । सो अवधिमा तामाङ बाबु÷छोरा प्रसासनको सम्पर्कमा आए । तर काम हुन सकेन । उनले दिएको राहदानीको निबेदन बिपरित तिब्बतियन नागरिक भनेर राहदानी जारी भयो । प्रसासनले भनेको अवधिमा आएका तामाङ राहदानीमा भएको त्रुटि देखेर छक्क परे । दिपकको नागरिकता नेपाली छ । राहदानीका लागि सबै फारम भरेर प्रसासनले त्यसको जाँच गरी पठाएको भए पनि राहदानीमा त्यस्तो त्रुटि आएको हो । राष्ट्रियतामा तिब्बतियन भनिएको छ । जिल्ला प्रसासनमा राहदानि लिन पुगेका तामाङले छोरालाई बिदेश पठाउने चक्करमा मात्रै २० हजार भन्दा बढी खर्च गरिसकेको बताए । राहदानी बनाउन देखी अन्य कामका लागि सदरमुकाम आउँदा मात्रै ठुलो रकम खर्च भइसकेको छ । उनले भने–अन्त्यमा राहदानी नै काम नलाग्ने गरी जारी भयो । मेनपावर कम्पनीले राहदानी जाँच गर्दा नेपाली नागरीक हुनु पर्नेमा तिब्बतियन भएको भेटाए पछि दिपक बिदेश जान पाएनन । सो कुरा उनले प्रसासनलाई जानकारी गराए । उनी संगै राहदानीको फारम भरेका साथिहरुले बिदेश पुगेर पैषा समेत पठाई सके तर उनले भने राहदानी निमार्णको जिम्मेवारी पाएका सरकारी कर्मचारीको लपर्वाहिका कारण निबेदन समेत दिन पाएका छैनन । जिल्ला प्रसासन कार्यालय पाँचथरमा यस्तो घटना पहिलो पटक भएको भने होइन । यस अघि पनि पटक पटक राष्ट्रयता नेपाली हुनु पर्नेमा अन्य भएर आएका छन । यसमा प्रसासनले गर्न सक्ने केही छैन । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले भने–राहदानी बिभागबाट यस्तो त्रुटी हुने गरेकाले पटक पटक जानकारी गराएका छौ । जिल्ला प्रसासनमा राहदानीका लागि आएका फारम पटक पटक जाँच हुन्छ । यस्तो त्रुटि हुने कुनै सम्भावनै रहँदैन, प्रसासन स्रोतले भन्यो–यो मन्त्रालयकै कमजोरी हो । फारम चेक नगरी पठाउँदा स्थानीयलाई समस्या हुने भएका कारण पनि हामीले त्यसको राम्रो अध्ययन गरेर मात्रै पठाउने गरेका छौ, यस अघि भएका त्रुटि बारे प्रजिअ कडेलले भने–त्यती हुँदा पनि राष्ट्रियताको महलमा कहिले कतार भएर आउँछ कहिले भुटान । राहदानीमा हुने सानो त्रुटिले स्थानीयले ठुलै सास्ती पाउने गरेका छन । प्रसासनमा आउने राहदानीमा छापिएको त्रुटि मात्रै नभएर बिभागबाट फारम नै हराउने समस्या पनि छ । यस अघि लामो समय सम्म राहदानिको पर्खाइमा रहेकाहरु आफुले भरेको फारम नै नभेटीए पछि समस्यामा परेका हुन । जिल्ला प्रसासनमा फारम पठाइएको दर्ता छ तर मन्त्रालयबाट आउँदैन । कहाँ जान्छ कसले जवाफ दिने ? ६ महिना अघि दिएको निबेदनका आधारमा आउने राहदानिको पर्खाइमा बसेका एक सेवाग्राहीले भने । यसरी हुने त्रुटिमा जिल्ला प्रसासनले सेवाग्रहीलाई दुई प्रकारको सल्लाह दिने गरेको छ । नयाँ फरम भरेर फेरी ४५ दिन पर्खनु वा सिफारिस लिएर बिभागबाटै निकाल्नु । तर तत्काल राहदानी आवस्यक हुनेहरुलाई दुई वटै अवस्थाले सास्ती दिने गरेको छ ।
Featured Programs
Photo Gallery
RJ Profile

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives