Date Wednesday, 2018 Apr 25
Studio Time 04:20:00 NST
News »
राजनीति
« ... 9 10 11 12 13 14 15 16 17 »
कोशी पहाडी जिल्लाका गाउँ गाउँमा रहेका प्रतिभाहरुको खोजी स्वरुप कोशी पहाडी संखुवासभा आइडल सिजन २ हुने भएको छ । आज तेह्रथुमको सदरमुकाम म्याङ्गलुङमा पत्रकार सम्मेलन गर्दै आयोजक क्षितिज नाट्य जमात्का सचिव विरबहादुर लिम्बुले कोशी अन्चलका पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा धनकुटा र भोजपुर स्तरको गायन प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । पहिलो चरणका छनौट कार्यक्रमहरु सम्बन्धित जिल्लाहरुमा गरिने र दोसा्रे चरणबाट संखुवासभामा विभिन्न कार्यक्रमहरु सन्चालन गरी मंसिर १८, १९ र २० गते फाइनल हुने बताइएको छ । प्रतियोगितामा विजेता हुनेले नगद १ लाख सहित आकर्षक ट्रफी प्राप्त गर्ने छन् भने अन्य ४ जनालाई आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।
सिंहलिला समाचार÷१८ साउन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटबार्ता भएको छ । प्रधानमन्त्री स्तरीय भेटपछि मन्त्रीमण्डलहितका सदस्यहरुका बिचको छलफल भने अहिले जारी छ । यसपछि दुबै देशका प्रतिनिधिहरुबीच नेपाल भारतकाबिच हुने सम्झौताका बिषयमा छलफल हुने छ । अहिले दुवै देशका प्रधानमन्त्री सहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीचमा सिंहदरबारको क्याबिनेट हलमा आपसी हितका सम्बन्धमा द्विपक्षीय बार्ता भईरहेको छ । उच्च स्तरीय प्रतिनिधि मण्डलको बार्तामा सहमति जुटेका विषयमा आजै दुइ देशका प्रधानमन्त्रीको उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको बैठक कक्षमा सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
१८ साउन , दक्षिण एशियाको शक्तिशाली मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा जम्बो टोलीका साथ काठमाडौंमा ओर्लिएका छन् । विमानस्थलमा उनलार्इ नेपालका प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गरेका छन् । भारतीय प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारद अर्पण गर्नुका साथै १९ तोपको सलामी पनि दिइएको थियो । दुई देशका प्रधानमन्त्रीबीच अतिविशिष्ट कक्षमा विश्रामका क्रमम संक्षिप्त कुराकानी गरेका छन् ।
सिंहलिला समाचार १५ साउन एकिकृत नेकपा माओवादीले भारतसँग ऊर्जा व्यापार सम्झौता, पिटिए गर्न सहमति जनाएको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको स्थायी समितिको बैठकले ऊर्जा व्यापार सम्झौता गर्न सहमति जनाएको हो । बैठकले भारतसँग ऊर्जा व्यापार सम्झौता गरी लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । एकीकृत माओवादीले जलविद्युत आयोजनालाई अलग गरेर विद्युत व्यापार सम्झौतामात्रै गर्दा फरक नपर्ने निष्कर्ष निकालेको हो । भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा लगानी भित्र्याउने विषयमा जोड दिन पनि एमाओवादीले सुझाब दिएको छ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले नेपालको राष्ट्रिय हितमा हुने गरी भारतसँग सम्झौत गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सुझाब दिएका छन् । प्रधानमन्त्रीको आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सर्वदलीय बैठकले मुलुकुको हितमा हुने गरी सम्झौत ागर्न सुझाब दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादरहित बनाउन प्रधानमन्त्री कोइरालाले सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा आइतबारबाट सुरु हुने भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल पार्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादरहित बनाउन प्रधानमन्त्री सुशील कोइरालाले अहिले सर्वदीय बैठक बोलाउनुभएको छ । संविधानसभाबाहिर रहेको नेकपा–माओवादीसहित संविधानसभाका सवै दलहरुलाई बैठकमा बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । भारतीय प्रधानमन्त्री आईतबार विहान नेपाल आउने कार्यक्रम निश्चित भएको छ । १७ बर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सवै दलले सहयोग गर्नूपर्ने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा विभिन्न दलका प्रतिनिधि आउने क्रम सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
काठमाण्डौ १३ साउन प्रमुख तिनदलको बैठक आजपनि बस्ने भएको छ । संसदीय समितिका सभापति चयन २६ जना सभासद मनोनयनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्र्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साझ पाँच बजे बस्ने बैठकले प्रमुख तीनदलका शीर्ष नेत
काठमाण्डौ ११ साउन एमाओवादी नेता डा. बाबुराम भट्टराईले सन् १९५० को नेपाल भारत शान्ती तथा मैत्रीसन्धी पुनरावलोकन गर्ने सहमति सकारात्मक भएको बताउनुभएको छ । १९५० को सन्धी र त्यससग आदानप्रदान भएको चिठी नै नेपाल भारत सम्वन्धको समस्याको प्रमुख जड भएको उहाको भनाई थियो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता भट्टराईले फेसबुक पेजमा सन्धी पुनरावलोकन गर्ने र आफू प्रधानमन्त्री हुदा प्रस्ताव गरिएको इमिनेन्ट पर्सन गु्रप बनाउने संयक्त आयोगको निर्र्णय सकारात्मक भएको उल्लेख गर्नुभएको छ । हिजो भएको नेपाल भारत संयुक्त आयोगको बैठकमा १९५० को सन्धी पुनरावलोकन गर्नेसहितका २६ बुदे सहमतिमा हस्ताक्षर भएको थियो ।
नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसवादी दलका नेताहरुले मधेसलाई सहयोग गर्न आग्रह गरेका छन् । आज बिहान संयुक्तरुपमा भेटगर्दै दलका नेताहरुले नेपालको विकास निर्माणको कार्यमा मधेसलाई प्राथमिकता दिन आग्रह गरेका हुँन् । भेटमा हुलाकी सडक निर्माण, सीमा समस्या समाधान, चुरे क्षेत्र संरक्षण, रेलमार्गलगायत भौतिक पूर्वाधार विकासमा मधेसलाई सघाउन आग्रह गरेका थिए । भेटमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भारतको चाहना नेपालको स्थायित्व, विकास र शान्ति रहेको पाइएको बताउनुभयो ।
प्रधानमान्त्री शुसिल कोईरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा हुने सबै सम्झौता नेपालको हितका पक्षमा नै गरीने बताउनुभएको छ । नेपाल भारतकाबीच सुरुभएको संयुक्त आयोगको बैठक र भारीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बिषयमा दुबै माओबादीका अध्यक्षकाबीच भएको छलफलमा प्रधानमन्त्री कोईरालाले सबैको सुझाव र सहमतिबाट मात्रै सरकारले हस्ताक्षर गर्ने बिश्वास दिलाउनु भएको थियो ।
Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

युबेन जबेगु

कार्यक्रम संयोजक

Message Board
Public Poll

Loading...

Program Archives