इगल श्रेष्ठले आफ्नो  दैनिकी यसरी चलाउदै .......... 

थोरै मेहनतले नै लाखौ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् पाँचथर फिदिम नगरपालिकाका ३ लालिखर्कका इगल श्रेष्ठ । साथिहरुले विदेश जाउ भन्दा समेत विदेश नगएर आफ्नै माटोमा मेहनत गरीरहेका छन् श्रेष्ठ । उनले कांक्रा विक्रिबाटै बार्षिक २ लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् । मौसमी खेति गर्ने उनले अन्य तरकारी बालि समेत गरेर बार्षिक ८ लाख आम्दानी हुने गरेको बताउछन् । साथिहरुले विदेश जाँउ भन्दा पनि आफ्नै देशमा गरीखान्छु भनेर बसेका फिदिम नगरपालिका ३ का इगल श्रेष्ठले गत बर्ष कांक्रा बेचेरै डेढलाख बढी आम्दानी गरेका छन् । यसबर्ष २ लाख भन्दा बढीको कांक्रा बेच्ने योजनामा छन् श्रेष्ठ । स्वदेसमै केहि मेहनत गरे लाखौँ आम्दानी हुँने उनको विस्वास छ ।
विगत ५ वर्ष देखि बेमौसमि तरकारी लगाउँदै आएका श्रेष्ठले टमाटर, खोर्सानि, मुला, कोपिलगायतबाट गतबर्ष ७ लाख आम्दानी गरेका छन् । आफ्नै माटोमा गरे राम्रो आम्दानी हुने उदाहरण पनि बनेका छन इगल । गर्न सके विदेशिनु नपर्ने उनको भनाई छ । स्वदेशमै बसेर केहि गरौ भन्ने युवालाई सरकारी तथा गैर सरकारी केहि गर्नुपर्ने उनको भनाइ छ ।
परिवार खर्च धान्न, नानि पढाउन र केहि रकम बचत समेत गरीरहेको उनको भनाई छ । इगलकी श्रीमती भन्छिन् सबै जना आफ्ना श्रीमानहरु विदेशिन्छन तर, आफुलाई कहिले पनि विदेश जान नपरोस जस्तो लाग्छ । कतिपयको घरबार समेत त्यहि विदेशको कारणले विग्रेको उनको भनाइ छ । श्रीमान संगै बसेर सगै काम गरेकोमा आफु सन्तुष्टी भएको बताउछीन् इगली श्रीमती ।
१० रोपानि जग्गा आफ्नो अंसमा परेका उनले आफ्नै माटोमा मनगै आम्दानी लिएको हुँन् । आफुलाई विदेश जान समेत मन नलाग्ने बताउने श्रेष्ठ विभिन्न संघ संस्थाले पनि आफ्नो मेहनत देखेर प्रसंसा गरेको उनको भनाई छ । उनलाई फिदिम नगरपालिकाले समेत केहि कुरामा अनुदान र तालिम दिएको छ । (बाइट र फुटेज एफटिपिमा छ, फोल्डरको नामः पाँचथर कांक्रा छ । 

 

प्रतिकृया दिनुहोस