चाँडपर्वको सिजन सुरु भए सँगै पाँचथर सदरमुकाम फिदिम बजारमा चहलपहल बढ्यो ।

सिंहलिला न्यूज , 
चाडपर्वको नजिकिए सँगै पाँचथर सदरमुकाम फिदिम बजारमा चहलपहल बढ्न थालेको छ । दशैं–तिहार जस्ता चाँड नजिकिदै गर्दा बजारमा किनमेल गर्नेहरुको संख्यामा बृद्धि भएको व्यवसायीहरुले बताएका छन् । केही दिनदेखि चाँडपर्व लक्षित सामग्री खरिद गर्नेहरुको संख्या ह्वात्तै बृद्धि भएको व्यवसायीहरुको भनाइ छ । चाँडपर्वको सिजनलाई लक्षित गरी हरेक हप्ताको शनिबार बन्द रहने फिदिम बजारलाई आगामी हप्तादेखि निश्चित समयको लागि खुला गरिने पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले बताउँनुभयो । उहाँले वितग वर्षको तुलनामा यो वर्ष केही ढिलो मात्र सदरमुकाममा चाँडपर्व लक्षित किनमेलको चहलपहल सुरु भएको पनि बताउँनुभयो ।

 

प्रतिकृया दिनुहोस