पत्रकारद्वय ढकाल र रिमाललाइ पुरस्कृत गरिने

पाँचथर फिदिम 
सिंहलिला समचार

नेपाल प्रेस युनियन पाँचथर शाखाको पाँचौ जिल्ला अधिबेशन २०७५ असोज ५ गते फिदिम स्थित पाँचथर उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न गर्ने निर्णय गरेको छ । आज बसेको साखाको बैठकले कार्यक्रमको अवसरमा युनियनमा आबद्ध रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा योगदान गर्नुहुने पत्रकार बिमला ढकाल र शाखाका कोषाध्यक्ष पत्रकार नरेन्द्र रिमाल लाइ पुरस्कृत गर्ने निर्णय समेत गरिएको युनियन पाँचथर साखाका सचिब भिम बाँसकोटाले जानकारि दिनुभयो । १० हजार पुरस्कार राशी रहेको स्व देवमान केरुड स्मृति पत्रकारीता पुरस्कार २०७५ बाट ढकाल र १० हजार पुरस्कार राशीको स्व लोकमन स्मृति पत्रकारीता पुरस्कार २०७५ बाट रीमाललाइ पुरस्कृत गर्ने निणय भएको बताईएको छ  ।

प्रतिकृया दिनुहोस