पाँचथरमा छापाखानाको विकास र पत्रपत्रिका

१) परिचय
वि.सं. १९०८ सालमाप्रधानमन्त्रीजंगबहादुर राणाले इङ्लेण्डबाट भित्र्याइएको गिद्धे प्रेसको नाममा स्थापना गरेको प्रेसले नेपालमा सथापना गरेको १६७ वर्ष पार गरिसकेको छ । यतिलामो समय बितिसक्दा प्रेसको विकास पनिनिक्कै माथिपुगेको देखिन्छ । हालनेपालमै सयों रंगिन छपाईका छापाखाना र हजारौं सादा (ब्ल्याक एण्ड ह्वाइट)अफसेट प्रेसहरु भित्री सकेका छन् । यानिकी प्रतिमिनेटमै हजारौं रंगिन छपाई गर्ने छापाखानाहरु रहेका छन् । नेपालमा प्रेसको विकासलाई हेर्दा तिब्र रपमाविकास भएको देखिन्छ । तर नेपालमा नै उच्च स्तरका कागजहरु उत्पादननहुनु, विदेशबाट भित्रिदाँ महंगो करको दायरामा पर्नुले केहि असर पारेको देखिन्छ ।
२) पाँचथरमा प्रेसको विकास
इलामबाट पाँचथर आएका श्याम पराजुलीले वि.सं. २०४२ सालमा पराजुली प्रिन्टिङ प्रेस स्थापना गरी छापाखानाको शुरुवातभएको देखिन्छ । लेटर प्रेसको नामले चिनिने उक्त प्रेसको संरचना फलामका १/१ वटा अक्षरहरुलाई जोडेर शब्दतयार गरी अर्डर अनुसारका छपाई गरिन्थ्यो । पञ्चायतीकालमै उहाँले गरेको यो कार्य नै पाँचथरको इतिहासमा सवर्णीम कार्य हो । जो अफसेटको रुपमा हालसम्म पनि सञ्चालनमा आइरहेको छ ।
दोस्रो छापाखानाको रुपमा २०४६ सालमा इलामबाट आएका रन बहादुर कार्कीले कार्की प्रेसको नाममा सञ्चालन गरेका थिए । सो प्रेस २०४८ सालमा पाँचथरका मानदेव केरुङले विनय छापाखानाको नाममा दर्ता गरी सञ्चालन माल्याएभने त्यसपछि पुनःविदुर तिवारीले खरीद गरी २०५० सालमा पाथीभरा प्रिन्टिङ प्रेसको नाममादर्ता गरेर केहि वर्ष सञ्चालनभएको देखिन्छ ।
पञ्चायत कालको अन्त्य र प्रजातन्त्रको शुरुआतसँगै २०४७ सालमा पाँचथर प्रेस नामक तेस्रो छापाखाना स्थापना भएको थियो । यो छापाखाना पछि आएर धेरै व्यक्तिहरुले सञ्चालनगर्दै आएको देखिन्छ । २०४९ साल सम्म सञ्चालनमाआएको यो छापाखाना नेकपा (एमाले) को नामबाट प्रा.लि. दर्ता भई आएको र विजय सुब्बा, राधा रिजाल, गजाधर भट्टराई, सुरेश शाह, चन्द्र पोखरेल, चक्रथाम्सुहाङ, सूर्य निरौला जस्ता व्यक्तिहरुले पालैपालो सञ्चालनगर्दै आएकाथिए ।
चौथो छापाखानाको रुपमा लुर नरेश्वर निरौलाले निरौला प्रेस स्थापना गरेको देखिन्छ । पछि २०४९ सालमागएर इलामबाट पाँचथर आएका सूर्य निरौलाले निरौला छापाखाना उद्योगको नाममादर्ता गरी सञ्चालन गरेका हुन । जो हालसम्मपनि सञ्चालनमाआइरहेको छ ।
पाँचौ प्रेस २०५० सालमा मनिष प्रिन्टिङ प्रेसको नाममा सञ्चालनभएको देखिन्छ । मुना जोशीले सञ्चालन गरेको उक्त छापाखाना कहिले सम्म सञ्चालनमाआयो यकिनहुन सकेन ।
जनता छापाखानाको नाममा पाँचथरका गणेशपोखरेल र राजेन्द्र नेम्बाङले २०५५ सालमाअर्को छापाखाना भित्र्याएकाथिए । जसलाई छैटौं प्रेसको रुपमामान्न मानिन्छ । समयको विकास सँगे यो समयभन्दा पछाडि लेटर प्रेसको आयु सकिदै गएको थियो । अत्याधुनिक डिजिटल पद्दतिका अफसेट प्रेसहरु तथा सरल प्रकृतिका स्क्रीन प्रिन्टहरु स्थापनाभइसकेका थिए । ६० को दशक पछिको समयमापाँचथरका पनि कम्प्युटर डिजाइनबाट प्लेट बनाई अफसेटमा लगाएर छाप्न सकिने छापाखानाहरु भित्रिएको तथ्य छ । २०६२÷०६३ सालमाटंक चौलागाईले सञ्चालन गरेको मुनसनअफसेट प्रेस सातौ छापाखानाको रुपमालिन सकिन्छ । जो पाँचथरको पहिलो डिजिटल प्रेस हो ।२०६३ सालमा पराजुली प्रिन्टिङ प्रेस तथा निरौला छापाखानाले पनि डिजिटल प्रेसहरु क्रमश सञ्चालनगर्दै आएको देखिन्छ ।
तेह्रथुम जिल्लाबाट २०६८ सालमाकुल प्रसाद रिजालले पाँचथरमा आएर रिजाल प्रेस स्थापना गरी आठौं प्रेसको रुपमा रहेको छ । कञ्चनजंघा टाइम्स दैनिकपत्रिकाले कञ्चनजंघा प्रेस भनी २०७० सालमाअर्को प्रेस स्थापना गरी नवौं प्रेसको रुपमा रहेको छ तर कारणवश सो पत्रिका सञ्चालनहुननसकेकोले प्रेस पनि सञ्चालनमाआउननसकी २ वर्षको अन्तरालमै पाँचथरबाट बाहिरिएको छ ।
२०६४ सालमा लामो समयदेखि स्क्रिन प्रिन्टमा दख्ख लजमाई इलामबाट पाँचथर आएका सागर खनालले सञ्चालन गरेको करुणा छापाखाना दशौं नम्बरमा सञ्चालनभएको छापाखाना हो । हालपाँचथरमा पराजुली प्रिन्टिङ प्रेस, निरौला छापाखाना, रिजाल प्रेस र करुणा छापाखाना गरी चारवटा छापाखानाहरु सञ्चालित छन् ।
३) पाँचथरमा पत्रपत्रिकाको विकास र हालको अवस्था
मासिकपत्रिकाको रपमा २०४६ सालमामानदेव केरुङ सम्पादक रहेको इन्द्रावतीमासिकपत्रिका नै औपचारिक रुपमादर्ता भएर आएको पाँचथरको पहिलो पत्रिकाहो । त्यस अघि पनिकेहिपत्रिकाहरु प्रकाशनभएतापनि सरकारी स्तरमा दर्ता भएर चलेको देखिदैन ।
पाँचथरमा हालसम्मदर्ता भई प्रकाशनभएकापत्रपत्रिकाहरु निम्न रहेका छन्ः
क्र.सं. पत्रिकाको नाम ठेगाना सम्पादक दर्ता मिति
१ इन्द्रावतीमासिक फिदिम–१,पाँचथर मानदेव केरुङ २०४६/११/०१
२ काबेली साप्ताहिक फिदिम–१,पाँचथर चन्द्र पोखरेल प्रभात २०४९/१२/२०
३ कल्पबृक्ष त्रैमासिक फिदिम–१,पाँचथर नवराज भट्टराई २०५१/१०/११
४ नयाँ कोसेली (मासिक) नमुना मा.वि. दुर्गा प्रसाद बराल २०५२/०३/२१
५ एडको नामकपत्रिका(साप्ताहिक) फिदिम–१,पाँचथर बसन्तराज पाण्डे २०५३/०४/२७
६ सेरोफेरो साप्ताहिक फिदिम–१,पाँचथर नरेन्द्रकुमार केरुङ २०५५/०३/११
७ नवप्रवाह साप्ताहिक फिदिम–१,पाँचथर कमल प्रसाद चेम्जोङ २०५५/०९/१६
८ अप्रेसन साप्ताहिक फिदिम–१,पाँचथर देवीप्रसाद दुलाल २०५६/१०/०२
९ चट्याङ साप्ताहिक फिदिम–१,पाँचथर नवराज भट्टराई २०५६/१२/२८
१० रवि साप्ताहिक फिदिम–१,पाँचथर घनेन्द्र पौडेल २०५७/०५/३०
११ पाँचथर सन्देश साप्ताहिक फिदिम–१,पाँचथर लैनबहादुर थापा २०५७/०८/१८
१२ पाँचथर टाइम्स साप्ताहिक फिदिम–१,पाँचथर प्रेमओझा २०५८/०७/०३
१३ मालसिरी त्रैमासिक फिदिम–१,पाँचथर प्रेम ओझा २०५९/०६/११
१४ वर्तमान समय साप्ताहिक फिदिम–१,पाँचथर कुमार प्रसादओझा २०६१÷१०÷०१
१५ पापोहाङ साप्ताहिक फिदिम–१,पाँचथर कविन्द्र तुम्बापो २०६२÷१२÷३१
१६ विकल्प साप्ताहिक फिदिम–१,पाँचथर मोहन कु. निरौला २०६३/०७/१७
१७ चुम्लुङ (मासिक) मौवा–९, पाँचथर मनसुन लावती २०६४/०१/०५
१८ नयाँनेपालन्यूज (साप्ताहिक) फिदिम–१,पाँचथर दुर्गा प्र. बराल २०६४/०१/१०
१९ पाँचथर कृषिगतिविधि (चौमासिक) जिल्लाकृषिकार्यालय जि.कृ.वि.का., पाँचथर २०६५/११/१०
२० नयाँलुङ्गा (त्रैमासिक) मौवा–९, पाँचथर तान्छोहाङ लावती २०६५/१२/१७
२१ बाटो साप्ताहिक फिदिम–१,पाँचथर सुष्मा लावती २०६६/०९/१२
२२ लिम्बुवान टाइम्स (साप्ताहिक) फिदिम–१,पाँचथर दिलेन्द्र कु.सुब्वा २०६६/०९/२०
२३ पाँचथर सन्देश (साप्ताहिक) फिदिम–१,पाँचथर ध्रुवप्रसाद आङ्देम्बे २०६७०/३/२२
२४ युगान्तर आवाज (त्रैमासिक) फिदिम–१,पाँचथर, खड्गनारायण आङ्देम्बे २०६७/०६/०७
२५ बिहानीका किरण (त्रैमासिक) फिदिम–१,पाँचथर प्रेमओझा २०६८/०७/२४
२६ फिदिमपोष्ट फिदिम–१,पाँचथर मेनुका आङ्देम्बे २०६८/११/१४
२७ पब्लिक टाइम्स साप्ताहिक फिदिम–१,पाँचथर सन्दिप राई २०६९/०५/१०
२८ अरुण तमोर पाक्षिक फिदिम–१,पाँचथर योगेशरत्न योङ्या २०६९/१२/१२
२९ समृद्ध पाँचथर (साप्ताहिक) फिदिम–१,पाँचथर लक्ष्मी गौतम २०७०/०४/२२
३० कञ्चनजंघा टाइम्स (दैनिक) फिदिम–१,पाँचथर पृथ्वी लावती २०७०/०५/२४
३१ फुङवान्मावसन्त ऋतु (चौ.) फिदिम–१,पाँचथर कविताथाम्सुहाङ २०७०/०४/२४
३२ पाँचथर एक्सप्रेस (सापताहिक) फिदिम–१,पाँचथर विरदल केरङ २०७१/०५/०९
३३ मेचीपोष्ट (दैनिक) फिदिम–१,पाँचथर रविन्द्र काफ्ले २०७२/०४/०८
३४ मिक्लाजुङ टाइम्स फिदिम–१,पाँचथर विपेन्द्र गौतम २०७२/११/०४
३५ बाच टाइम्स फिदिम–१,पाँचथर मंगलबहादुर बेघा २०७३/०२/२७
३६ इङ्जोःतलुङ (पाक्षिक) कुम्मायक–२, पाँचथर दिलवीर शेर्मा २०७५/०२/२४
३७ शब्द साँघु (मासिक) फिदिम–१,पाँचथर मधुराज केरुङ २०७५/०३/०४
३८ फालेलुङ खबर फालेलुङ, पाँचथर चन्द्र ब. माङ्मु २०७५/०३/११
३९ कुम्मायक टाइम्स कुम्मायक, पाँचथर चेतकुमारी घिमिरे २०७५/०४/२२
४० फिदिम टुडे फिदिम–१,पाँचथर सुरमान तामाङ २०७५/०५/०५
यीमध्ये नागवेली साप्ताहिक, जनचासो साप्ताहिक, चिन्तन साप्ताहिक, छाल साप्ताहिक नामक पत्रिकाहरु पनिदर्ता भएको तर सरकारी पत्रिकादर्ता नामावलीमा नदेखिएको पाइएको छ ।
४) छापाखाना र पत्रपत्रिकाको सम्बन्ध
“तिमीलेखेर तयार गर, म छापिदिन्छु” भन्ने उक्तिको सार झें छापाखाना र पत्रपत्रिका एक अर्काका पुरक हुन् । पाँचथरको इतिहासलाई केलाएर हेर्दा पत्रिका प्रकाशन समूहले पत्रिका डिजाइन तयारी गरे पनि छापाखानाले प्राविधिक तयारी गर्न नसकी छपाई नभएकाउदाहरण कति छन् त,कति छापाखाना पत्रिका आउँछ र छाप्ने तयारीमा बसिरहँदा प्रकाशन मण्डलले तयार िगर्न नसकेको कारण पत्रिका बन्दभएका ज्वलन्त उदाहरणहरु छन् । आधिकारिक रुपमा पत्रिका दर्ता भईप्रकाशनभएको ३० वर्ष पुग्दापाँचथरमा ४० वटा पत्रिकादर्ता भएतापनि १÷२ वटा पत्रिकाले मात्र निरन्तरता पाउन सकेको देखिन्छ । पुराना डिजाइनका प्रेसबाट प्रकाशन गर्नु त चुनौतिपूर्ण थियो नै डिजिटल अफसेट आए पछि पनि होडबाजीमा पत्रिकादर्ता गर्ने र व्यवस्थापन सुदृढ पार्न सकेको कारण पत्रिका बन्दहुने क्रमचलिरहेको छ । पाँचथरमा ४० वटा पत्रिकादर्ता भएर निरन्तरताअलि बढी पाएका पत्रिकाहरुमा काबेली साप्ताहिक, पाँचथर सन्देश, पाँचथर टाइम्स, वर्तमान समय, बिहानीका किरण, पव्लिक टाइम्स, मेचीपोष्ट रहेका छन् । यसको कारण कतिपय पत्रिकाको आफ्नै प्रेस राखेर चलाएता पनि व्यवस्थापन गर्न कठिन भई बन्दभएका छन् । कतिपय प्रेसहरुले छपाई गर्न नसकीबन्दभएका देखिन्छन् । यसो भइ रहनुमा मुख्य कमजोरी पत्रिका प्रकाशन वर्गले व्यवस्थापन गर्न नसक्नु नै देखिन्छ । पाँचथरमा पत्रपत्रिका नफस्टाउनुको कारण सम्बन्धित विषयमा दक्ष पत्रकार उत्पादन नहुनु पनिहो , पत्रकारहरुमा २/४ जनामात्र स्नातकोत्तर तहसम्म अध्ययन गरेका र पत्रकारिता विषयमा अध्ययन नभएका देखिन्छन् । पछिल्लो समयमा सम्बन्धित विषयमा दख्खलता हासिल गर्ने पत्रकारहरु थपिदे भएकाको कारण आगामी पत्रपत्रिका प्रकाशनमा थप टेवापुग्न सक्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस