राजनीति शासक होइन जनताको सेवक बन्न प्रशासकहरूलाई गृहमन्त्रीको निर्देशन्

सिंहलिला समाचार

भदौं २६

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रशासकहरूले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। नेपाल प्रशासन सेवाका पदाधिकारीहरूका लागि कानून र न्याय सम्बन्धी तीन महिने सेवाकालीन तालिमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धी र विकासमा योगदान गर्ने  उद्देश्यसहित सबै प्रशासकले काम गर्नुपर्ने बताए ।

विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको  भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको मन्त्री बादलको भनाइ थियो उनले भने, ‘केही प्रशासकहरू भ्रष्टचार गर्छन, काममा जानाजान ढिलासुस्ती गर्छन भन्ने आरोप लाग्ने गरेको छ ।  अहिलेको नियम कानुन प्रशासकहरूले बुझ्नका लागी समेत यो तालिम उपयोगी हुने गृहमन्त्रीको भनाइ थियो ।

उनले भने, ‘हामीले अपराधलाई नियन्त्रण गर्न सक्यौँ, अपारधीलाई दण्डित गर्न सक्यौँ नागरिकको रक्षा गर्न सक्यौँ भने मात्रै सफल हुन्छौँ । यसका लागि विधिसम्मत ढंगले कार्य गर्न जरुरी हुन्छ ।’ कार्यक्रममा कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिव राजिव गौतमले प्रशासकहरूले अर्ध न्यायिक निकायको रुपमा समेत काम गर्नुपर्ने भएकोले तालिम पश्चात काममा सहजता पदान हुने विश्वास व्यक्त गरे ।(थाहाखबर बाट)

प्रतिकृया दिनुहोस