नेपालको अलैंची बजारको विषयमा चीनको चासो

तारा ढुँगाना 

सिंहलिला समाचार
पाँचथर 

चीनले नेपालमा उत्पादित अलैंचीको बजारका विषयमा चासो दिएको छ । भारतमा मात्र निर्यात हुँदै आएको अलैंचीको उत्पादन, बिक्रीअघिको गुणस्तर र बजारका विषयमा चिनियाँ टोलीले अलैंची व्यवसायी महासंघसँगको छलफलमा चासो लिएको हो ।

ताप्लेजुङमा अलैंची बगान अवलोकन गरी फर्किएको टोलीले आइतबार बिर्तामोडमा महासंघको अगुवाइमा छलफल गरेको थियो । टोलीले अलैंचीको मूल्यमा हुने उतारचढाव, गुणस्तर मापन, प्याकेजिङ र निर्यात गर्ने देशका विषयमा चासो राखेको महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

‘बिजनेस टु बिजनेस मिटिङ राखेर हामीले चिनियाँ टोलीसँग छलफल गरेका हौं’, अध्यक्ष भट्टराईले भने, ‘हामीले बैठकबाटै केही परिमाण अलैंची नमुनासहित चिनियाँ टोलीलाई दिएर व्यापार सुरु गरौं भनेका छौं ।’ यो प्रस्तावमा चिनियाँ टोली सकारात्मक भएको उनले सुनाए । 

प्रतिकृया दिनुहोस