युएस ओपन टेनिसको उपाधि जोकोभिचले जिते 

सिंहलिला समाचार
भदौं २५

युएस ओपन टेनिस पुरुषको उपाधि नोभाक जोकोभिचले जितेका छन्। अमेरिकामा भएको फाइनलमा अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रोलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन्।

उनले डेल पोट्रो विरुद्धको खेल ६–३, ७–६ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन्।  जोकोभिचको यो उपाधि उनका लागि तेस्रो युएस ओपनको उपाधि हो भने समग्रमा १४ औं ग्राण्ड स्लाम उपाधि हो।

जोकोभिचले अमेरिकी खेलाडी पिट साम्प्रासको १४ ग्राण्ड स्लाम उपाधिको रेकर्ड बराबरी समेत गरेका छन्। जोकोभिचको यो सफलतासँगै आधुनिक टेनिसको इतिहासमा सर्वाधिक सफल तिन खेलाडीको सूचीमा थपिएका छन्। 

उनकै पुस्ताका रफाईल नदाल र रोजर फेडेरर सर्वकालिन महान टेनिस खेलाडीको सूचीमा उनीभन्दा अगाडि छन्। फेडेररले २० वटा ग्राण्ड स्लाम उपाधि जितेका छन् भने नदालको नाममा १७ उपाधि रहेको  छ । (थाहाखबरबाट)

प्रतिकृया दिनुहोस