हिलिहाङ गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न

सिहलिला समाचार, हिलिहाङ
हिलिहाङ गाउँपालिकाको चौथो गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को लागि बिनियोजन ऐन २०७५ स‌ंसोधन, बिपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन विधेयक २०७५  र आर्थिक ऐन २०७५ संसोधन गरेको छ । पालिकाले यस आर्थिक बर्षका अधिकांस योजना बैसाख अन्तिममा सक्ने गरिको कार्ययोजना बनाएको गाउपालिकाका अध्यक्ष भुवानी प्रसाद लिङदेनले बताउनु भएको छ ।पालिकाले संचालन गरेका साना योजनाहरुको काम सम्पन्न गर्ने गरी बजेटलाई संसोधन गरेको पालिकाका प्रवक्ता मदन गौतमले जनकारी दिनु भयो । कार्यक्रममा हिलिहाङ गाउपालिकाका अध्यक्ष भुवानी प्रसाद लिङदेन, उपाध्यक्षसुमित्रा सेढाई, प्रमुख प्रशासकिय अधिकृत प्रविन दाहाल, सबत वटै वडाका वडाअध्यक्ष एवं कार्यपालिकाका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको गाउँपालिकाका लेखा प्रमुख सुवास भट्टराईले जानकारी दिनु भयो । 

प्रतिकृया दिनुहोस