आयुर्बेदिक सिबिरमा ३० को उपचार

सिंहलिला समाचार फिदिम

आयुर्वेदिक गाउँघर शहरी क्लिनिय अन्र्तगत पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. ११ मा आइतबार ३० जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
आर्युवेद विभाग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा संचालित फिदिम नगरपालिका वडा १३ लुङरुपाको आयुर्बेद अस्पतालबाट हरेका महिनाको १३ र २७ गते फिदिम नगरपालिका वडा ११ मा स्थानिय नागरिहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै ग्यास्टिक, रुघा, खोकी, दम, वाथ, छाला, जण्डिज सुगर प्रेसर तथा स्त्री रोगको आयुर्वेदिक औषधी समेत निशुल्क प्रदान गर्ने गरिएको आयुर्बेद प्रमुख सोवित शाहले जानकारी दिनु भयो । प्रमुख शाहका अनुसार होमियो पेथिक औषधीमा नागरिकहरुको बिश्वास बढेकाले उपचार गराउन आउने विरामीको संख्या दिन प्रतिदिन थपिदै गएकाछन् । 

प्रतिकृया दिनुहोस