संचार कर्मी र नेकपा पाँचथरले विच छलफल

सिंहलिला समाचार फिदिम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सचार कर्मी विच जिल्लाको विकास निर्माण समृद्धिको बिषयमा छलफल आइतबार सम्पन्न भएको छ ।

जिल्लाको विकास निर्माण र समृद्धीमा संचार कर्मी र संचारमाध्यमहरुको महत्वपूर्ण भुमिका हुने भएकाले सबैले लाग्नु पर्ने कार्यक्रममा सहभागिहरुको धारणा रहेको थियो । स्थानिय तह प्रदेश र केन्द्रले गर्दै आएका विकास निमार्णका कामममा सञ्चार कर्मीहरुले देखेको जनतामाझ ल्यउन नेकपाका नेता राजकुमार भण्डारीले संचारकर्मीहरुलाई आग्रह गर्नु भएको थियो । संचार जगत पूर्वाग्रही नभई जनतालाई सहि सुचना प्रवाह गर्नु व्यवसायिक संचार कर्मीहरुको धर्म भएको बताउनु भयो । कार्यक्रममा नेकपाका अर्का नेता होम जबेगुले संचार माध्यमहरुले जनजिविका र जनताहरुका सवालमा चनाखो भएर हेर्नु पर्ने र तिनै तहका सरकारहरुले गरेका कामहरुलाई खबरदारी गर्नु पर्ने बताउनु भएको थियो । नेता जबेगुले आजकल मिडियाहरु एक तर्फि ढंगले लागेकाले जनताहरु सहि सुचना पाउनबाट बञ्चित हुने गरेको समेत दुखेसो पोख्नु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य नरबहादुर गुरुङ, नेकपा नेता बिशाल रसाइलीले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा २ दर्जन संचार कर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस