७० जना सवारी चालकको निशुल्क आँखा जाच

सिंहलिला समाचार पाँचथर
मेची राजमार्ग तथा पाँचथर जिल्लाका भित्री सडकहरुमा सवारी चलाउने चालक तथा सह चालकको आँखा तथा प्रेसरको परिक्षण गरियोएको छ ।

७० जना चालक तथा सह चालकको आँखा परिक्षण गर्दा ५ जनाको आखाँमा खराबी देखिएकोे जिल्ला अस्पताल पाँचथरका ओ.ए. निरज दहालले जानकारी दिनु भएको छ । जिल्ला ट्राफिक कार्यालय पाँचथरको सक्रियतामा सवारी चालक तथा सह चालकको  आँखा तथा प्रेसर जाँच फिदिम २ पल्लोटार स्थित वस पार्कमा निशुल्क परिक्षण गरिएको थियो । सवारी चालकहरुले सवारी चलाउदाँ सडकमा ट्राफिक चिन्हहरु र सवारीको ओभर टेक, लाइट आदि देख्नेकुरामा समस्या हुने भएकाले सवारी चालक र सह चालकहरुको आखा तथा प्रेसर चेक गर्नु पर्ने भएको ट्राफिक प्रमुख जनक तिम्सीनाले जानकारी दिनु भएको थियो । हरेक महिनामा सवारी चालक र सहचालकको आँखा र प्रेसरको जाँच दुई पटक गरीने ट्राफिक प्रमुख तिम्सिनाले बताउनु भयो । सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यका साथ सो कार्यक्रम संचालन गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस