पालिकाका अध्यक्ष नेम्वाङको निधन बुधबार अन्त्यष्ठी

सिंहलिला समाचार
पाँचथरको फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको शनिवार साँझ निधन भएको छ ।

उहाको अन्त्यष्ठी परिवारका सदस्यहरु देश बाहिर रहेकाले फाल्गुन १ गते पौवा सातार्पको त्रिवेणी घाटमा हुने भएको फाल्गुनन्द गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिनु भयो । उहाको पार्थिव शरिर झापा स्थित बि एण्ड सी अस्पतालको आइसमा राखिएको छ । नेम्बाङ शनिबार गाँउपालिकाको वडा नं. ५ फाक्तेपमा आयोजित क्षमता अभिवृद्धि तालिममा प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तब्य राखे लगत्तै वेहोस हुनुभएको थियो । उहाँको  उपचारका लागि इलाम जिल्ला अस्पताल पु¥याइएको थियो । अस्पताल भर्ना भए लगत्तै चिकित्सकहरुले उहाँलाई मृत घोषित गरेको फाल्गुनन्द गाँउपालिकाका प्रेस सल्लाहकार खविन लुइटेलले जानकारी दिनुभयो ।जिल्लाकै वौद्धिक ब्यक्तित्वको रुपमा परिचित नेम्वाङ नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार भई गाँउपालिका प्रमुख निर्वाचित हुनुभएको थियो । ७९ वर्षीय नेम्वाङ लेखनमा समेत सक्रिय हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस