फिदिम नगरपालिकाको वडा नं २ को भवन निर्माणका  लागि नगरपालिका बाट ३५ लाख बजेट विनियोजन

Tara Dhungana

सिंहलिला समाचार


स्थानिय तहको पुर्नसंरचना पश्चात स्थानिय सरकारको मातहतमा सिंहदरबारको अधिकार जनताको हात हातमा आएपछि स्थानिय सरकारले विकाश र समृदिलाइ दु्रत गतिमा अगाडि बढाउदै आएको छ । पाँचथर जिल्लामा एक नगरपालिका सहित सात वटा  गाँउपालिका रहेका छन् ।

 

फिदिम नगरपालिका जम्मा १४ वटा वडा रहेको छन् । फिदिम वडा नं २ सदरमुकामबाट नजिकको वडा हो । फिदिम नगर पालिकाको वडा नं २ को भवन निर्माण को  लागि  ३५ लाख फिदिम नगर पालिका बाट  बजेट विनियोजन भएपछि भवन सुरु भएको हो । भवन निर्माण को लागि स्थानिय बासि आसराज तुम्बापोले १ रोपनि आठ आना जग्गा निशुल्क प्रदान गरेपछि वडा भवन बनाउन शुरु गरिएको हो । ६ कोठा रहेको उत्त भवनको ६० प्रतिसत काम सकिएको जानकारी वडा नं दुइका वडाध्यक्ष सुकपाल तुम्बापोले जानकारी दिनुभयो ।

 

फिदिम २ वदिनमा रहेको उक्त भवन २०७६ साल बैशाखबाट संचालनमा आउने भवन निर्माण समितीका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।यसै गरि वडा नं २ को कार्यलय नजिकै ६ रोपनि क्षेत्रफल रहेको अ‍ैलानि जग्गामा  अस्थाइ हेलिप्याड समेत बन्ने भएको छ ।  ५ लाख नगरको सहयोगमा हेलिप्याड बन्ने भएको हो। नगरपालिका नजिक हेलिप्याड नरहेको  बिरामी  चाटर गरेर लैजान ,ल्याउन सहज रहने साथै आन्तरीक तथा बाह्य पर्यटक भित्राउन को लागि यो फाइदाजनक रहने हेलिप्याड निर्माण समितिका सचिव तेजप्रकाश ओझा  ले जानकारि दिनुभयो । 
 

प्रतिकृया दिनुहोस