काबेलीबाट हेवा खोला सम्म सरसफाई तथा सचेतना अभियान फोटो फिचर

सिंहलिला समाचार
हिलिहाङ गाउपालिकाको काबेली देखि हेवा खोला सम्म ५१ किलोमिटर मेची राजमार्ग सरसफाई तथा ट्राफिक सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।


कार्यक्रममा स्वच्छ वातावरण हाम्रो सान, स्वस्थ जिवन स्वच्छ हिलिहाङ भन्ने मुल नाराका साथ हिलिहाङ गाउपालिकाको कावेली बजारबाट शुरु भएको सरसफाई अभियान हिलिहाङ ७ को हेवा खोलामा आएर सम्पन्न भएको थियो । प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत हिलिहाङ गाउपालिका र इलाका प्रहरी कार्यालय अमरपुरको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियम, सरसफाइ लगायतका बिषयमा जानकारी गराउदै सडक सरसफाई कार्यक्रम समेत संचालन गरिएको थियो । कावेली बजार, सिंगपुर बजार, याङवरकको गणेश चोक बजार, गोपेटार, जोरपोखरी, सल्लेरी र हेवा खोला सम्म ५१ किलो मिटरमा सो सरसफाई अभियान संचालन गरिएको थियो ।

कार्यक्रममा हिलिहाङ गाउपालिकाका अध्यक्ष भुवानी प्रसाद लिङदेन, वडा अध्यक्षहरु गोपी भण्डारी, भीम हेम्ब्या, मदन गौतम, कृष्णबहादुर यवा, सुनमान तामाङ, नेकपा नेता भवानी प्रसाद लिङ्देन, नेपाली कांग्रेसका क्षेत्रिय सभापति समरबहादुर अधिकारी, अमरपुर इलाका प्रहरी कार्यालयका सहि भिमराज थेवे, नेपाल पत्रकार महासंघका सचिव तुलसी क्षितिज, मेची पोष्टका प्रकाशक सम्पादक लेखनाथ खतिवडा,  नेपाल रेडक्रस सेसाईटीका प्रतिनिधि, स्थानिय व्यवसायि मणी लिङ्देन, प्रकाश उप्रती, जनप्रतिनिधि तथा स्थानिय बासीहरुको सहभागिता रहेको थियो ।


सरसफाई कार्यक्रम रहेक महिनाको अन्तिम शनिवार गर्ने आयोजक समितिले जनाएको छ । यसरी पालिका भरीका साना बजार तथा हाइबेमा सरसफाई अभियानका रुपमा संचालन गरीएको पहिलो भएको समेत आयोजक इलाका प्रहरी कार्यालय अमरपुरका प्रमुख भिमराज थेबेले जानकारी दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस