सिदपोखरी सेवा सदनबाट २ जेष्ठ नागरिक सम्मानित

सिंहलिला समाचार पाँचथर

पाँचथरको जोरपोखरी बह्मायोगाश्रममा सिदपोखरी सेवा सदन पाँचथरले जेष्ठनागरिक सम्मान गरेको छ ।
फिदिम २ मा संचालनमा रहेको बृध्दाश्रमका जेष्ठनागरिकहरुलाई भ्रमका लागि जोरपोखरी लगिएको र सो अवसरमा २ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको आयोजक संस्था सिदपोखरी सेवासदन पाँचथरका अध्यक्ष राधिका थापाले जानकारी दिनु भयो । सम्मानित हुनु हुनेमा बर्ष ९६ का रविलाल विक र बर्ष ८७ कि सुनमाया केरङ सम्मानित हुनु भएको थियो ।
फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठनागरिकहरुलाई बन भोज तथा धार्मिक स्थलको भ्रमणमा लगिएको र सो अवसरमा सम्मान गरिएको आयोजक ले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस