तमोर नदिमा सम्झौता बिपरित खानी संचालनः जिससले रोक फोटो फिचर

सिंहलिला समाचार

फिदिम नगरपालिकाको तमोर नदिबाट विक्री वितरण गर्ने गरेको वालुवा ढुङ्गा र गिटी सम्झौता बिपरित उत्खनन गरिएको छ । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा सम्झौता विपरित तमोर नदिबाट वालुवा लगाए नदिजन्य पदार्थको उत्खनन्मा अनियमितता पाइएकाले उत्खनन् कार्य रोक्न जिल्ला समन्वय समितिले फिदिम नगरपालिकालाई निर्देशन दिएको छ ।


जिल्ला समन्वय समितिको अनुगमनका क्रममा जथाभाबी सम्झौता विपरित मेसिन लगाएर बालुवा, ढुङ्गा, गिटी, बिक्रि बितरण कार्यमा प्रयोग गरेका २ वटा मेसिनको चावी समेत जिल्ला प्रहरी कार्यालयले नियान्त्रणमा लिएको थियो । जिल्ला समन्वय समितिले गरेको आइ इ इ रिपोटका आधारमा ३५ सेन्टिमिटर सम्म नदि जन्य बस्तुहरु निकाली विक्रि वितरण गर्ने सम्झौता भए पनि ४ मिटर सम्म गहिरो पारेर वालुवा गिटी उत्खनन् गरेको पाईए पछि उत्खनन्मा प्रयोग गरिएको २२० सिसि क्षमताको स्काभेटर र जेसिवि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुवरले बताउनु भयो ।


जिल्ला समन्वय समिति प्रमुख बिस्नुप्रसाद सापकोटा, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालयका डिएसपि नरेन्द्र कुवर, ससस्त्र प्रहरी प्रमुख डिएसपी सन्तोष सिंह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम उपाध्याय, डिभिजन वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थितिमा जिल्ला समन्वय समितिका उपप्रमुख डिल्लीराम दुलालको संयोजकत्वमा छानविन समिति बनाईएको छ ।

उक्त समितिमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेल, ससस्त्र प्रहरीका इन्स्पेक्टर, फिदिम नगरपालिकाका सव इन्जिनियर प्रमिलाल शाह, डिभिजन वनकार्यालयका प्रतिनिधि र जिल्ला समन्वय समितिका प्रेमबहादुर काफ्ले सदस्य सचिव रहेको छानविन समितिले ३ दिन भित्रमा प्रतिवेदन बुझाउने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनु भएको छ ।


यस अघि पनि जिल्ला समन्वय समितिले फिदिम नगरपालिका र विक्री वितरणको जिम्मा पाएको संजिव निर्माण सेवा कम्पनीलाई सचेत गराएको थियो ।     

 

प्रतिकृया दिनुहोस