हिलिहाङ गाउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

समाचार हिलिहाङ, भदौ ५,
पाँचथरको हिलिहाङ गाउँपालिकाले आर्व ०७४्७५ को वार्षिक प्रगति विवरण सार्वजनिक सुनुवाइमार्फत आइतवार सार्वजनिक गरेको छ ।
हिलिहाङ गाउपालिकाको गोपेटार बजारमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँसभाबाट पारित ३२ करोड ३२ लाख ४२ हजार १ सय ४६ रुपैयाँ बराबरको खर्चको विवरण वार्षिक प्रगति विवरण सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गरेको छ ।  
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत टार्जन कुमार लिम्बुले वित्तीय समानीकरणतर्फ १७ करोड ४२ लाख ५ हजार ससर्त अनुदानतर्फ १० करोड १३ लाख ३२ हजार, राजस्व अनुमान २० लाख, सामाजिक सुरक्षा भत्ता ३९ करोड ६७ लाख ६ हजार ८ सय र अल्या ६ लाख २८ हजार ३ सय ४६ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका थिए । गाउँपालिकाले विशेषतः पूर्वाधारतर्फ सडक निर्माणमा ठूलो लगानी गरेको देखिएको छ । गाउँपालिका केन्द्र तथा वडाहरूको केन्द्रसम्म बाह्रैमास सडक सञ्जालको सञ्चालनलाई सुनिश्चित गरिएको जानकारी गराईएको छ ।
जसअन्तर्गत ४ करोड ९७ लाख ४९ हजार १ सय ६८ रुपैयाँ खर्च गरी गाउँपालिकाको रणनीतिक सडकहरू निर्माण गरीएको, वडाहरुले स्थानीय सडक, कृषि सडकहरूको स्तरोन्नति भई कृषि उत्पादन निकासीमा सहयोग पुगेको बताइएको छ ।
त्यस्तै साना सिँचाइ, कुलो मर्मतसंभारबाट सिञ्चित क्षेत्र उल्लेखनीय रूपमा बढेको प्रगति विवरणमा उल्लेख छ । कृषि, पर्यटन, उद्योग वाणिज्य, सहकारी, वित्तीय क्षेत्रमा आव ०७४्७५ को कृषि तथा सिँचाइ सम्बन्धी नीति अन्तर्गत कृषिको व्यावसायीकरण, बजार व्यवस्थापन, फलफूल तथा नगदे बाली, पकेट क्षेत्र विकास, प्रशोधन केन्द्र स्थापना, सिँचाइको सुविधा विस्तारका लागि २ करोड ७ लाख ३ हजार विनियोजन गरिएको छ ।
त्यस्तै पशुपंक्षी विकासतर्फ ३० लाख ८० हजार विनियोजन गरिएको छ । कृषितर्फको कार्यक्रमहरूमा तरकारी उत्पादन बढाउने उद्देश्यले टनेल वितरण, पूर्ण अनुदानमा उन्नत जातका बिउबीजन वितरण, टमाटर खेतीतर्फ अनुदानमा बिउ वितरण, अकबरे खुर्सानीको बिउ वितरण, पुरानो पकेट तथा ब्लक कार्यक्रमका लागि ४५ लाख ५० हजार विनियोजन गरिएको छ ।
कार्यक्रममा आर्थिक बर्ष २०७४्०७५ को आय ब्याय भुक्तानीको जानकारी लेखा प्रमुख सुबास भट्टराई गराउनु भयो । हिलिहाङ गाउपालिकाका अवसर, चुनौति र आर्थिक बर्ष २०७४्०७५ योजनका बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा पालिकाका ७ वटा वडा तथा विषयगत कार्यालयहरुले आ।व। ०७४्०७५ मा संचालन भएका कार्यक्रम तथा योजनाहरुको विषयमा छलफल भएको थियो । बिषय गत कार्यलयहरुले सम्पादन गरेका योजनाहरुको बिषय गत शाखाका प्रमुखहरुले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा लेखाअधिकृत सुभाष भट्टराईले गाउँपरिषद्बाट विनियोजित रकम र खर्चको अवस्था बारेमा जानकारी गराउनु भएको थियो । सुनुवाइमा वडा कार्यालयका वडासचिवहरू, वडाध्यक्षहरू र विषयगत कार्यालयका प्रमुख तथा प्रनिनिधिहरूले आआफ्नो वडा र कार्यालयको प्रतिवेदन सहित सम्भावना र चुनौती बारेमा प्रस्तुति गर्नु भएको थियो । गाउँ पालिकाले यस आ।ब। मा जेष्ठ नागरिक सम्मान, आयआर्जन सम्बन्धी सिप मुलक तालिम, स्बास्थ्य शिबिर लगायत शिक्षा क्षेत्र सुधारका कामहरु थालिएको पालिकाले जनाएको छ।
पालिकाले अपाङगता भएका ब्यक्तिहरुलाई घर घरमा नै पुगेर भत्ता बितरण गरिएको लेखा प्रमुख भट्टराईले जानकारी गराउनु भयो । जनताको पिर मर्का ध्यान दिएर घुम्ती शिबिरहरु समेत सञ्चालन भएकाले सेवाग्राहीलाई समेत सहज भएको सरोकारवालाहरुले जनाएकाछन् ।
आइतबार हिलिहाङ ३ गोपेटरको शेर्पा संघको भवनमा आयोजित कार्यक्रममा अव योजना तथा बजेट विनियोजन गर्दा भौतिक पूर्वाधारको दिगो विकाश, सडक, पर्यटन लगायतका विषयलाई प्राथामिक्तामा राख्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
 कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समिती प्रमुख बिष्णु प्रसाद सापकोटाले हिलिहाङ गाउँपालिकाको समृद्धि र विकाशमा लाग्न पालिकालाई आग्रह गर्नुभयो ।  
सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ दिदै गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनले आगामी दिनमा सवै पक्षलाई समेटेर जनताको मागको आधारमा योजना तथा कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि नरेन्द्र कुवर, ससस्त्र प्रहरी प्रमुख सन्तोष सिह, जिल्ला अनुसन्धान प्रमुख सन्जिब प्रधान, महिला बिकास अधिकृत उर्मिला दहाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनको प्रमुख आतिथ्तामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस