मन्त्री आङ्बोलाई स्वागत हिलिहाङ ७ लाई सुख्खा क्षेत्रको विकासमा लाग्ने प्रतिबध्दता

तारा ढुंगाना
सिंहलिला समाचार भारपा
प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई हिलिहाङ ७ सल्लोरीमा शुक्रबार स्वागत गरिएको छ ।
आङ्बो सञ्जम्भोको कार्यक्रममा उदघाटन गर्न फालेलुङ १ खुगा जाने क्रममा हिलिहाङ वडा नं. ७ सल्लेरीमा स्वागत गरिएको हो । स्वागत कार्यक्रममा हिलिहाङ वडा नं. ७ लाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी कार्यक्रम संचालन गर्न माग गरिएको छ ।

प्रत्येक बर्ष खानेपानी समस्याका कारण बसाई सराईले गाउँ रितिदै गएकाले प्रदेश सरकारले खानेपानीका लागि डिप बोरिङ आयोजनाहरु संचालन गर्नका लागि माग गरिएको वडाअध्यक्ष ७ का वडा अध्यक्ष सुनमान तामाङ जानकारी दिनु भएको थियो । मन्त्री आङ्बोले यस बर्ष कति सम्भब हुन्छ अर्को आर्थिक बर्षको शुरुवाती चरणमा नै खाने पानी योजना संचालन गर्ने आश्वसन दिनु भएको छ । मन्त्री यो सुख्खा ग्रस्त क्षेत्र भएकाले यस प्रति गम्भीर भएको र त्यसै अनुरुप योजना विनियोजन गर्ने आश्वसन दिनु भयो । कार्यक्रममा नेकपा नेता महेन्द्र थाम्सुहाङ, हिलिहाङ वडा नं. ३ का वडा अध्यक्ष मदन गौतम, हिलिहाङ गाउँपालिकाका प्रेस सल्लाहकार तुलसी क्षितिज, नेपाल पत्रकार महासघका उपाध्यक्ष बिजयबोध लावती, सिंहलिला एफ.एमका अध्यक्ष किरण श्रेष्ठ लगायतको ३ दर्जन बढीको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस