चौथो नगर सभा सम्पन्न उत्साह जनक प्रगति नभएको बिबरण सार्वजनिक

सिंहलिला समाचार
फिदिम नगरपालिकाको चौथो नगरपालिका नगरसभा आईतबार जिल्ला समन्वय समितिको सभा हलमा संघिय साँसद बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेम्बाङले भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु जस्तै भएकाले सबैले मनन गरी कामलाई पारर्दषि बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा जनताको सर्वोपरि हितमा ध्यान दिने जनतालाई खुसी बनाउने काम जनप्रतिनिधिको भएको धारणा राख्नु भयो । कार्यक्रममा साँसद नेम्बाङले समस्या र चुनौतिका माझबाट हामी डुङ्गा चढिसकेका छौ समृद्धीको बाटो  अवस्य लक्ष्यमा पुग्ने छौं । इमान्दार साथ सुसासन र पारर्दर्शि ढंगले काम गर्न जरुर रहेको बताउनु भएको छ ।
भौतिक विकास निर्माण मात्र होइन जनताको आय आर्जनको समेत विकास गर्न जरुर रहेको बताउनु भयो । साँसद नेम्बाङले पाँचथरको भौतिक बिकास निर्माणको काममा  पुर्णका साथ भएको बताउनु भयो ।
पाँचथरलाई उज्यालो पाँचथरलाई उज्यालो जिल्ला बनाउले कामका लागि झण्डै १ अर्व ५० करोड बिधुत विकासको क्षेत्रमा काम भई रहेको बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितका प्रमुख बिष्णुप्रसाद सापकोटाले योजनाहरुलाई व्यवस्थित गरेर अगाडी बढाउनु पर्ने धारणा राख्नु भएको छ । हामीले समृद्धिको योजना बनाएर अगाडी बढेकाले पनि हाम्रो यात्रामा राजनीतिक अन्य कुनै प्रकारको रंग लाग्नु नहुने धारणा राख्नु भएको थियो ।

 

नगरपालिकाको प्रगति बिबरण

फिदिम नगरपालिकाको प्रमुख घनस्याम उपाध्यायले नगरपालिकाको ६ महिनाको प्रगति बिबरण पेश गर्ने भएको थियो । प्रगति बिबरण पेश गरिरहदा जम्मा २६० योजना मध्ये १९४ योजना सम्झौता हुन बाँकी रहेको र जम्मा २९ वटा योजना मात्र सम्पन्न भएको जानकारी दिनु भयो । नगरपालिका भित्र सम्झौता भएका ३७ वटा योजनाको मात्र काम भईरहेको फेयरिस्ट पेश गर्ने भएको थियो । ३३ करोड बिकास बजेटमा ५ करोड मात्र खर्च भएको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, नेकपाका नेता होम जबेगु, नेपाली काङ्ग्रसका सभापति नरेन्द्र केरुङ, नेकपा मालेका केन्द्रीय सदस्य लयप्रसाद बाँस्कोटा, संघिय लिम्बुवान पार्टीका अमिर लिम्बु, जनमुक्ति पार्टीका अग्नी प्रसाद तुम्बापो, नेपाल पत्रकार महासंघका अध्यक्ष लवदेव ढुङगाना, पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपाल, गैसस महासंघका अध्यक्ष नन्द नेम्बाङ, लगायतले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पत्रकार र कर्मचारी सम्मानित


चौथो नगर सभाको अवसरमा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व सभापति एवं सौर्यदैनिक पाँचथरका सम्वाददाता कृष्ण ओझालाई नगर विकास पत्रकारीता पुरस्कारबाट सम्मानित गरिएको थियो । प्रत्येक बर्ष नगरको विकास निर्माणका बारेमा कलम चलाउने पाँचथरका १ जना पत्रकारलाई फिदिम नगरपालिकाले रु १० हजार नगद सहित सम्मान पत्रद्धारा सम्मानित गर्ने गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद बसन्तकुमार नेम्बाङको हातबाट सो पुरस्कार प्रदान गरिएको थियो ।
नगरपालिकामा उत्कृष्ठ योग्दान पुर्याउने बिनिता ओझा र लेखनाथ कोइरालालाई पनि जनहि पाँच पाँच हजारको उत्कृष्ठ कर्मचारी पुरस्कारद्धारा सम्मानित गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस