नेपथ्य ब्यान्डको कार्यक्रमको तयारी पुरा कार्यक्रम समयमा शुरु हुन्छः आयोजक

सिंहलिला समाचार

पाँचथरको फिदिममा भोली हुने नेपथ्य ब्याडको कार्यक्रमको अन्तिम तयारी पुरा भएको कार्यक्रम आयोजक संस्थाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पाँचथरको फिदिममा पहिलो पटक यो कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा नेपथ्य ब्याण्डको कार्यक्रम म्यानेज म्यान्ट गर्ने नेपालयका किरण श्रेष्ठले जानकारी दिनु भयो । १४ बर्ष अगाडी नै पाँचथरमा कार्यक्रम गर्न तयारी गरे पनि बल्ल मात्र सम्भब भएको खुलासा समेत श्रेष्ठले गरेका छन् । उनका अनुसार विभिन्न पटक आउने योजना बनाए पनि सम्भव नभएको यो पटक मात्र सम्भव भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । कार्यक्रका लागि भोली साढे ३ बाट गेट खोल्ने र निर्धारित ६ बजे देखि ८ बजे सम्म मात्र कार्यक्रम हुने कार्यक्रम व्यवस्थापनका श्रेष्ठले जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा अरु कार्यक्रमा जस्तो ढीलो नहुने हामीले समयको पनि इज्वत गर्ने भएकाले ६ बजे नै कार्यक्रम शुरु हुने भएकाले सबै महानुभावहरुलाई समयमा नै आउन अनुरोध समेत गर्नु भयो ।
पाँचथरमा पहिलो पटक कार्यक्रम गर्नलागेको नेपथ्य ब्याडको कार्यक्रम हेर्नका लागि विभिन्न क्षेत्रबाट मानिसहरुको उपस्थिति हुने आयोजक सुम्हात्लुङ क्लवका अध्यक्ष दिपेन योक्पाङदेनले जानकारी गराउनु भयो । हाल सम्म ५ हजार बढी टिकट विक्रि भई सकेको जानकारी दिनु भएको छ ।
 फिदिम माविको खेल मैदानमा ब्याण्डले लोक रक तथा अन्य सिर्जनाहरु सुनाउनेछ । दशैं लगत्तै सिक्किमको राबाङ र त्यसपछि देशका प्रमुख चारवटा सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरुबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो । त्यस मध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको नेपालयका किरण श्रेष्ठले जानकारी दिनु भयो ।
नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका श्रेष्ठले अंग्रेजी नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छाअनुसार फिदिममा सन २०१९ को पहिलो कन्सर्ट हुने बताए ।
सुम्हात्लुङ युथ क्लवका अध्यक्ष योक्पाङ्देनका अनुसार बुधबारको कन्सर्टका निम्ति पाँचथर बाहेक झापा, इलाम, तेह्रथुम र ताप्लेजुङमा समेत कन्सर्टको प्रचार प्रसार तीब्र पारिएको ले व्यापक जन सहभागिता रहनेमा ढुक्क रहेको बताउनु भएको छ ।
नेपथ्यमा अमृत गुरुङलाई ड्रममा धु्रव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन ।

 

प्रतिकृया दिनुहोस