चोक्मागुमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा फलफुल बितरण

सिंहलिला समाचार
फिदिम नगरपालिका वडा नं. ५ चोकमागुका जेष्ठ नागरिकहरुलाई जाडोका लागि तातो लुगा फलफुल बिहिबार बितरण गरिएको छ ।
फिदिम नगर पालिकाको आर्थिक सहयोगमा वर्ष २०७५\७६ को बजेट अन्तर्गत सो कार्यक्रम गरिएको वडा अध्यक्ष लिलाराज तुम्वापोले जानकारी दिनु भएको छ । चोक्मागुका १३ जेष्ठ नागरिकलाई ५० हजार बरावरको लुगा वितरण गरिएको वडा अध्यक्ष तुम्वापोले जनकारी दिनु भयो ।

जेष्ठ नागरिकहरुलाई एकथान स्वीटर र एकथान कमल घरदैलोमै पुगेर वितरण गरिएको हो । १ सय २ वर्षीया भिमादेवि अर्याललाई स्वीटर र धुसा दिएर वडा अध्यक्ष तुम्वापोले कार्यक्रमको शुभारम्ब गरिएको छ । वडाको कार्ययोजना अनुसार जेष्ट नागरिक सम्मान अन्तगत सो कार्यक्रम गरिएको तुम्वापोले जान्कारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस