आङ्बोहरुको तेस्रो अन्तराष्ट्रिय सम्मेलन पाँचथरमा हुने

सिंहलिला समाचार

आङ्बोहरुको तेस्रो अन्तराष्ट्रिय सम्मेलन पाँचथर जिल्लाको फालेलुङ गाउ पालिकाको वडा नं. १ को आङबो चौकमा माघ ४ गतेबाट शुरु हुने भएको छ ।
बुधबार विहान आङ्बो संजुम्भो केन्द्रीय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराईएकाे हो । माघ ४ गते प्रदेश नं. १मा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जानकारी संजुम्भोका महासचिव मनेस आङ्बोले जानकारी दिनु भयो ।
अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बिभिन्न भागमा छरिएर रहेका आङ्बो दाजुभाई तथुा भारतको सिकिम, दार्जिलिङ, भुटान, युके, अष्टे«लिया, अमेरिका लगायतका देशहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहने आयोजका समितिले जनाएको छ ।
कार्यक्रममा आङ्बोहरु मध्येबाट समाजमा उत्कृष्ट योग्दान पुर्याउने १ जनालाई बिशेष अभिनन्दन, ८ जनालाई सम्मान १० जनालाई कदर पत्रद्धारा सम्मान तथा ११ जनालाई प्रसंसा पत्र वितरण गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय समितिका महासचिव आङ्बोले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ । कार्यक्रम माघ ३ गते माङहिम सेवा माङसेवा कार्यक्रम पापुन्देनमा हुने र माघ ४ र ५ गते अन्तराष्ट्रिय सम्मेलन फालेलुङ १ मा सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस