राजा सहिदको हिन्दूराष्ट्र बनाउन निर्णायक आन्दोलन गर्नेः राप्रपा केन्द्रीय सदस्य श्रेष्ठ

सिंहलिला समाचार

राप्रपाका नेता तथा पूर्व आपूर्ति राज्य मन्त्री शुशिल श्रेष्ठले मूलकमा राजा सहिदको हिन्दूराष्ट्र बनाउन पार्टीले निर्णायक आन्दोलन गर्ने बताउनुभएको छ ।
पाँचथरको फिदिममा आज बिहान पत्रकार सम्मेलनमा श्रेष्ठ सो धारणा राख्नु भएको हो । उहाले अव राप्रपाले फाल्गुन १५ गतेदेखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने बताउनुभयो ।
जागरण अभियान ताप्लेजुङबाट शुरु भई ३५ वटा जिल्लामा ४ सय वढि ठाउँमा विभिन्न कोण सभाहरु गर्दे काठमान्डौँ केन्द्रित कार्यक्रम गरिने जानकारी दिनु भयो । मूलक धार्मिक दन्द्धमा फस्न सक्ने खतरा रहेको पूर्व मन्त्री एवं राप्रपा केन्दीय सदस्य समेत रहेका श्रेष्ठले दावी गर्नु भयो । उहाँले केहि समय अघि काठमान्डौमा एक धर्म प्रचारक संस्थाले आयोजना गरेको विवादस्पद कार्यक्रममा प्रधानमन्त्री लगायत सरकारको तामझामपूर्ण सहभागिता जनाएर क्रिसियन धर्मको प्रचारमा लागेको आरोप समेत लगाउनु भयो ।
नेपालमा ९४ प्रतिशत ओमकार रहेकोमा धर्म परिवर्तन नरोक्ने हो भने यो मूलक धार्मिक सद्भाव र सहिष्णुता नरहने उहाँले बताउनुभयो । दोस्रो चरणको आन्दोलन चैत्र १ बाट हुने र यो आन्दोलनले राजालाई समेत सिंहदवार पुर्याएर पुर्न स्थापना गर्ने दावी समेत गर्नु भयो । पत्रकार सम्मेलनमा सह महामन्त्री भक्ती सिटौला समेत राप्रपा केन्द्रीय सदस्य एवं प्रदेश नं. १ का उपाध्यक्ष तेज कुरुङबाङ, प्रेम थाम्सुहाङ, छविरमण सुबेदी लगायको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस