क्षितिज महिला बहुउदेश्यीय सहकारी संस्थाको छैटौ साधारण सभा सम्पन्न

सिंहलिला समाचार
फिदिम १ को सगुन होटलमा बुधबार क्षितिज महिला बहुउदेश्य सहकारी संस्थाको छैटौ साधारण सभा नगरप्रमुख ओनाहाङ नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
पाँचथर जिल्ला भरी कार्य क्षेत्र रहेको सहकारीको जम्मा २ सय ५१ सेयर सदस्य रहेको जानकारी संस्थाका अध्यक्ष सरस्वती रिजालले जानकारी दिनु भएको छ । सहकारीले यस आर्थिक बर्षमा २६ लाख ८१ हजार ३ सय ५२ रुपैयाको कारोवार गरेको सेयर सदस्यहरुलाई १५ प्रतिशत बोनस बाँडेको जान्कारी संस्थाका व्यवस्थापक भद्र घिमिरेले बताउनु सहकारीले यो आर्थिक बर्षमा ४१ हजार ४ सय १६ रुपैया नाफा गरेको जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले सहकारीहरुले नागरिकको आर्थिक विकासमा महत्वपुर्ण योग्दान गरेको चर्चा गर्नु भएको थियो ।  महिलाहरु आर्थिक रुपमा मितव्ययि भएकाले सहकारीले राम्रो प्रगति गरेको बताउनु भएको छ । कार्यक्रममा प्याग नेपालका अध्यक्ष लेखनाथ खतिवडा, सिंहलिला एफ.एमका स्टेशन प्रमुख तुलसी क्षितिज, इन्द्र गुरुङ लगायतले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम कोषाध्यक्ष बिष्णु कुमारी तामाङले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
छैठौ साधारण सभामा नियमित ऋणको किस्ता भुक्तानी गर्ने टिकादेवी अर्याल, चन्द्रकला तुम्रोक, मनिसा नेम्बाङ र झुमादेवी चौहानलाई असल ऋणीका रुपमा सम्मान गरिएको थियो । नियमित बचत गर्ने माया नेपाल र वाल बचत गर्ने विपन न्यौपानेलाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस