वडा अध्यक्ष आफैले थाले श्रमदान गर्न

सिंहलिला समाचार
हिलिहाङ गाउँपालिका वडा नं. ३ को  झाक्रीडाडा साम्रे मोटरबाटो निर्माणका लागि वडा अध्यक्ष मदन गौतम आफै झम्पल बोकेर नाली बनाउन लाग्नु भएको छ । उहाँ सँगै वडा नं. ३ का ११५ जना हातमा झम्पल कुटो कोदालो बोकेर आफ्नो सडकको मर्मत सम्भारमा लागेका छन् । उनीहरुले गाउपालिकाको १० लाख आर्थिक सहयोगमा निर्माण गरेको सडको २१ सय मिटर नाली निर्माण गरेका हुन ।
आफ्नो गाउको मोटरबाटो दिगो विकास गर्नका लागि वडा नं. ३ का वडा सदस्य धनबहादुर पालुङवा, नारायण खाती अनेरास्वबियु केन्द्रीय सदस्य श्री माङ्युङ लगायतको उपस्थितिमा सडकको नाली निर्माण गरिएको वडा अध्यक्ष गौतमले जानकारी दिनु भयो ।
गाउ पालिकाबाट लगानी हुने विकास निर्माणका काममा स्थानियहरुको सहभागिता नभई रहेकोबेला हिलिहाङ गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन गौतमको पहलमा सो सडकको नाली जन श्रमदानमा निर्माण भएको हो । स्थानिय सरकारले गरेका काममा स्थानिय नागरिकहरुको जन सहभागिता बढाएमा नागरिकहरुमा विकासमा अपन्त्वको भावना सृजना हुले भएकाले नागिरिकहरुका सहभागिता बढाउने प्रयत्न गरिएको वडा अध्यक्ष गौतम बताउनु हुन्छ । अहिले सबैकाम स्थानिय सरकारले गरिदिनु पर्ने नागरिकहरुले कुनै काममा सहभागिता नहुने प्रचलन बढिरहेको बेला हिलिहाङ वडा नं. ३ को झाक्रीडाडा साम्रे मोटरबाटोमा स्थानियहरुले नाली बनाउने काम गरेका छन् । पालिकाले गरेका अधिकाँस सडकहरु नाली नबन्ने गरेका कारण बर्खाको पानीले सडक बिग्रने गरेको छ । नयाँ बनेका सडकहरुमा समेत कच्चि नाली बनाउदा सडकमा बर्खाको पानी कममात्रमा बग्ने भएकाले सडक कम बिग्रने हिलिहाङ गाउपालिकाका इन्जिनियर उगेनमणि लिम्बुले बताउनु भयो ।
गाउँपालिकाका सबै योजनाहरुमा २० प्रतिशत जन सहभागिता अनिर्वाय रहेको पालिकाका इन्जिनियर लिम्बुले बताउनु भयो । कार्य सम्पादन प्रतिबेदनमा जनसहभागिता जोडेर नैआउने गरेको दावी इन्जिनियर लिम्बुको रहेको छ । सडक निर्माणको अनुगमन, प्राविधिक स्टमेटले जुन योजनाको २० प्रतिशत जनसहभागिता छैन त्यो कटाएर मात्र भुक्तानीका लागि सिफारिस गर्ने गरिएको हिलिहाङ गाउपालिकाका अध्यक्ष भुवानी प्रसाद लिङदेनले बताउनु भयो ।
हिलिहाङ वडा नं. ३ मा भने पालिकाको अनुगमन समिति बाहेक स्थानिय राजनीतिक दलको सर्वदलिय अनुगमन समिति समेत बनाएर अनुगमन गरेपछि मात्र भुक्तानीको सिफारिस गर्ने  गरिएको वडा अध्यक्ष गौतमले बताउनु भयो ।

प्रतिकृया दिनुहोस