सामुदायिक स्वास्थ्य इकाई भवन उद्धघाटन

सिंहलिला समाचार
हिलिहाङ गाउँपालिका वडा नं. ४ पञ्चमीमा एक कार्यक्रमको बिच सामुदायिक स्वास्थ्य इकाईको भवन प्रदेश सभा साँसद गणशेकुमार काम्वाङले उद्दघाटन गर्नु भएको छ ।
पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं. ४ को पञ्चमीमा सामुदायिक भवनको सोमबार एक कार्यक्रमका विच उदघाटन गर्नु भएको छ । हिलिहाङ गाउँपालिकाको आर्थिक बर्ष २०७४÷०७५ को ११ लाख रुपैयाको लगानीमा उक्त भवन निर्माण गरिएको थियो । कार्यक्रमको उदघाटन गर्दै  प्रदेश नम्बर १ को प्रदेश सभा सदस्य गणेशकुमार काम्बाङले जनताको हितलाई ध्यानमा राखेर गाउपालिकाले विकास निर्माणका काम गर्नु पर्ने बताउनु भयो । पालिकाले विकास निर्माण गर्दा दिगो र जन बिश्वास जनताको चाहाना अनुरुप गर्नु पर्ने बताउनु भयो । अहिले सबैले नेकपाको सरकारले जनताको काम गर्न नसकेको भन्ने आरोप लगाउने गरेको  साँसद काम्बाङले बताउनु भएको थियो । सरकारले जनचाहाना अनुरुप नै काम गरेको दावि गर्नु भएको छ  । विपक्षीहरुको धर्म निर्वाह गरेको मात्र दावी गर्नु भयो । उहाँ अहिले पार्टीको कुनै गतिबिधि गर्न नसकोको कारणले जनतामा निराधार आरोप विपक्षीहरुले लगाउने गरेको बताउनु भयो ।
कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले गाउँपालिकाको समग्र विकासका लागि ध्यान दिने जनताको प्रत्यक्ष सरोकार रहेका बिषयहरुमा गाउपालिकाले लगानी गर्ने गरेको बताउनु भएको छ । पालिकाले दिर्घकालिन अल्पकालिन योजना बनाएको बताउनु भएको छ । पालिकाले पर्यटन गुरुयोजना बनाएर पर्यटन विकासका लागि काम अगाडी बढाएको बताउनु भएको छ । पालिकाले जनताको आवश्यकता अनुसार काम गरेको दावी गर्नु भएको छ । हिलिहाङ पालिका भित्रका सडकहरु निर्माणका काम धेरै सम्पन्न गरेको दावी गर्नु भएको छ ।
कार्यक्रममा हिलिहाङ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविन दाहाल पालिकाका वडा नं. १ का वडा अध्यक्ष गोपीकृष्ण भण्डारी, नेकपाका नेता भवानी प्रसाद लिङ्देन, जिल्ला सहकारी संघका अध्यक्ष इन्द्रनारायण ढकाल, सामुदायिक अध्ययन केन्द्र हिलिहाङका अध्यक्ष प्रल्लाहद खरेल, हिलिहाङ गाउपालिकाका शिक्षा प्रमुख बिश्वनाथ भण्डारी लगायतका वक्ताहरुले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण गर्न जग्गा दान गर्ने धनमाया गिरीलाई सम्मान गरिएको थियो । कार्यक्रम हिलिहाङ गाउपालिका वडा नं. ४का अध्यक्ष सिरीप्रसाद सिगुको अध्यक्षमा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस