किरातीहरुले राज्यसँग शुभकामना माँगेर  आदिबासीहरुको बेइज्जत गरेः उपाध्यक्ष केरुङ

नरेन्द्र रिमाल  ÷पुष १७  पाँचथर
लिम्बू जातिको जातीय सङ्गठन किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थर  ले आज  चुम्लुङहिम् फिदिममा किरात इतिहासकार इमानसिङ् चेम्जोङको ११६ औं जन्मजयन्ती कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ । 
किरात याक्थुङ चुम्लुङमार्फत् किरात समुदाय, जातिको प्राचीन इतिहास भाषा र किरात सिरिजङ्गा लिपिको प्रचार(प्रसार र प्रकाशनमा महत्वपूर्ण योगदान दिनुभएका भाषाविद तथा इतिहासकार इमानसिङ् चेम्जोङकोलाइ कसैले बिर्सन नहुने भन्दै  लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष तथा लिम्बू भाषा–साहित्यका अभियन्ता सागर केरुङले जन्मजयन्ती  कार्यक्रममा मन्तब्य राख्दै किरातीहरुले राज्यसँग अधिकार माँग्ने बेलामा शुभकामना माँगेर सम्पूर्ण किराती आदिबासीहरुको बेइज्जत गरेकोसमेत टिप्पणि गर्नुभयो । जन्मजयन्ती समारोहमा चुम्लुङका केन्द्रीय सचिव चन्द्रकुमार आङदेम्बेले पनि राष्ट्रपतिलाई पत्र लेखेर गल्ति भएको स्विकार गरेका छन् । कार्यक्रममा आङदेम्बेसँगै याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जबेगु, फिदिम नगरपालिका–४, का वडा अध्यक्ष प्रकाश गुरुङ, पाँचथर गजल मञ्चका अध्यक्ष दीपक खनाल, पत्रकार लेखनाथ खतिवडा लगायतले इमानसिंको योगदानको चर्चा गरेका थिए । वक्ताहरुले इमानसिंह द्धारा लिखित पुस्तकहरुकै कारण किरात इतिहास र भाषा–साहित्यको प्रचार र बिकास यो अवस्था सम्म आएको बताएका थिए । 
किरात इतिहासकार तथा किरात सिरिजंगा लीपि र भाषा–साहित्यका प्रचारक इमानसिंको जन्म बाबु मेघवरसिं र आमा दावापुहाङमाको छैठौं सन्तानको रुपमा १ जनवरी सन् १९०४ मा दार्जि्िलङको कालेम्पुङमा भएको थियो । कालेम्पुङकै स्थानीय स्कुलबाट म्याट्रिकुलेशन र सेन्टजेभियर कलेज कोलकत्ताबाट आईए उतीर्ण गर्नुभएका इमानसिंले दार्जि्िलङ, सिक्किम र नेपालमा रहेर किरात इतिहासको खोज सँगै भाषा–साहित्यको प्रचार गर्नुभएको थियो । उहाँकै पहलमा वि.सं.२००८ मा लिम्बुवान सुधार संघ समेत गठन भएको थियो ।
सन् १९६६ देखि १९७५ सम्म त्रिभुवन विश्व विद्यालयमा किरात इतिहास विशेषज्ञको रुपमा जागिरे भएर काम गर्नुभएका इमानसिंका ‘तुम याक्थुङ निङ्वाभु साप्ला’ ‘किरात मुन्धुम (बेद)’ ‘किरात मुन्धुम’ ‘किरात साहित्यको इतिहास’ ‘किरात दन्त्यकथा’ ‘हिस्ट्री एण्ड कल्चर अफ् किरात पिपुल’ र ‘किरातकालीन बिजयपुरको संक्षिप्त इतिहास’ जस्ता महत्वपूर्ण कृतिहरु प्रकाशित छन् । हाल इमानसिं द्धारा लिखित पुस्तकहरुको सर्बा्िधकार उहाँको परिवारले लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुललाई दिएको छ । प्राज्ञ अमर तुम्याहाङका अनुसार इमानसिं वि.सं.२०२७ मा पुस्तकाकार रुपमा किरात ब्याकरण प्रकाशन गर्ने पहिलो किराती ब्याकरणकार समेत हुन् । 
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रवाश कार्य समिति पोर्चुगलका महासचिव रुकमान केरुङलाई पाँचथर चुम्लुङहीममा स्वागत समेत गरिएको थियो । कार्यक्रम चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव सुरेन शिशिर केरुङले जानकारि दिनुभयो ।
 

प्रतिकृया दिनुहोस