ओएसनेपालका अध्यक्ष कार्कीले गरे आँफुले पढेको स्कुललाई ५ लाख ५१ हजार आर्थिक सहयोग

ओएसनेपालका अध्यक्ष केश बहादुर कार्कीले आँफुले पढेको स्कुललाई ५ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियामा रहँदै आएका कार्कीले पछिल्लो समय समाजसेवाको क्षेत्रमा पनि हात हालिरहेको अवस्थामा आँफुले पढेको स्कुल भानु माध्यमिक विद्यालय पहारिलोटारलाई ५ लाख ५१ हजार आर्थिक सहयोग गरेका हुन् । कार्कीले स्कुलको भौतिक तथा शैक्षिक विकासको सहयोगार्थ उक्त रकम सहयोग गरेका हुन्।

पुष १ गतेदेखि सुरु भएको भानु माविको प्रागंणमा सु(प्रशिद्ध कथावाचक प. बालयोगेश्वर महाराजबाट बाचन भइरहेको श्रीमदुभागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञ जारी छ । महायज्ञ पुषको ९ गतेसम्म चल्नेछ । छोडी जान्छौँ बन्धुवान्धव छोडी जान्छौँ धन भानु माविमा कृति राख्न सहयोग गरौँ तन मन र धन भन्ने मूल नारा सहित सुरु भएको महायज्ञमा ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिती रहेको छ । समचार ओएस नेपालमा प्रकाशित गरिएको छ।

प्रतिकृया दिनुहोस