अस्ट्रेलियामा पुश्कर शाहको साइकल समाजसेवी लक्ष्मन सापकोटाले किने

अस्ट्रेलियामा पुश्कर ट्रस्टको आयोजनामा १३ डिसेम्बर २०१८ मा गाला डिनर वेथ पुश्कर शाह रक्डेल स्थित इन्द्रेणी फक्सन सेन्टरमा भएको थियो। उक्त कार्यक्रम सिड्नीमा रहेका युवाहरुको नेतृत्वमा सम्पन्न भएको थियो साथै सहयोगी हातहरुको साथ र सहयोगका साथ भब्य सग सम्पन्न भएको थियो।

उक्त कार्यक्रमबाट कति आर्थिक संकलन भयो भन्ने कुरा जानकारी नआएकोले अझै केहि समय कुर्नु पर्ने देखिएको छ , तर सम्पूर्ण सहयोगी हातहरुबाट केहि रकम संकलन हुन बाकी रहेकोले समय लागेको युवा मेम्बरले  जानकारी दिएका थिए।

उक्त कार्यक्रममा पुश्कर शाहको साइकल बिक्रिभएको थियो तर साइकल कति पैसामा बिक्रि भएको थियो भन्ने बारे समाचार आएता पनि साइकल कसले खरिद गरे र किन खरिद गरे भन्ने बारे सम्पूर्ण दर्शक श्रोताको चासोको बिषय साथै उत्सुकताको बिषय रहेको थियो।

साइकल एक हजार आठसय पचास अस्ट्रेलियन डलरमा बिक्रि भएको थियो भने खरिद कर्ता समाज सेवी तथा युवा ब्यापारी लक्ष्मन सापकोटा हुन्। अस्ट्रेलिया सिड्नीमा सापकोटा सामाजिक कार्य र विभिन्न कार्यक्रमको लागी सकेको सहयोग गर्दै समाजमा एक परिचित व्यक्तिको रुपमा चिनिएका छन्। साथै सापकोटा इन्द्रेणी फक्सन सेन्टरका वनर पनि हुन्।

पुश्कर शाह हाम्रो नेपालको गहना रहेको र उहाले गरेको कार्यको सम्मान गर्दै , खरिद गरिएको साइकल भावी पुर्खाको लागी सम्मान पुर्वक राखिने र सदैब अमर रहने बिश्वासका साथ खरिद गरेको कुरा जानकारी दिनु भएको थियो। समचार ओएस नेपालमा प्रकाशित गरिएको छ।

प्रतिकृया दिनुहोस