अस्ट्रेलिया यात्रा सगैको सफलता ,ब्यबसायी दिपेन्द्र बिक्रम थापा


सपना र योजना नभएको व्यक्ति बिरलै भेटिन्छ। जब सुन्दर सपनाको साथ योजना बुन्दै गरिन्छ साथमा सहयोग र सपोर्टको अत्याबाशक रहन्छ। यसै सिलसिलामा पारिवारिक पूर्ण सहयोग र सपोर्टको साथ चितवन , पार्वतीपुर स्थायी घर भई हाल अस्ट्रेलियाको सिड्नी स्थित एसफिल्ड मा रेस्टुरेन्ट ब्यबसाय गर्दै आएका एक ब्यबसायी दिपेन्द्र बिक्रम थापा , थापा एक कुशल ,सिपालु काठ ब्यबसायी रहेका थिए। नेपाल छदा गरेको ब्यबसाय सम्झदै कार्य कुनै सानो ठुलो हुदैन , मात्र मन लगाएर गर्नु पर्छ ढिलो छिटो सफलता आफ्नो पोल्टा मा पर्नेकुरा मा थापा बिश्वास गर्छन।

११ बर्ष अगि अस्ट्रेलिया हिडेको सम्झदै थापा , एक सुन्दर सपना , सानो घर कुशल र सफल ब्यबसायी बन्ने योजनाका साथ हिडेका थिए। उक्त समयको दौरानमा विभिन्न बाधा , सघर्ष भने न आएको होइन, तर थापाको दुरदर्शिता , धर्यता साथै योजना मुताबिकको कार्य सैलीले आज यो पोजिसन मा रहेको थापाको भनाइ रहेको छ। कुनै कार्य सुरु गर्दा योजना , धर्यता , साथै दुरदर्शिता अनि टिम वोर्क हुनु पर्ने , बिधार्थीहरुको पनि जब सम्म आफ्नो सफलता हुदैन , हिम्मत नहारी निरन्तरता दिई सफलता लिनु उन्मुख रहनु पर्ने मा बिश्वास राख्दछन्।

बिगत ४ वर्ष देखि द भट्टी रेस्टुरेन्ट संचालन गर्दै आएका थापा , सदै खुसि र सन्तुष्टी देखिनछन्। रेस्ट फक्सन सेन्टर र साथै अरु थप रेस्टुरेन्ट खोल्ने सोच रहेको र भबिष्यमा छिटै नेपालमा नया ब्यबसाय सुरु गर्ने योजना रहेको बताएको थिए।

जीवन सुन्दर रहेको , सन्तुष्टी आफु भित्र निहित रहेको हुनाले हामी सबै मात्र खुसि हुन रहन सक्नु पर्छ र योजना र धर्यताको साथ अगाडी बढ्नु सके सफलता अबश्य हुनेछ। समाचार ओस नेपाल मा प्रकाशित गरिएको छ ।


 

प्रतिकृया दिनुहोस