कर्मचारीहरुले आफु राम्रो कार्यालयमा जाने भन्ने सपना त्याग्नु पर्ने अध्यक्ष ढकाल

सिंहलिला समाचार

कर्मचारीहरुले आफु राम्रो कार्यालयमा जाने भन्ने सपना त्याग्न आधिकारीक टे«ड युनियकाका अध्यक्ष पुन्य प्रसाद ढकालले आग्रह गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो । कर्मचारीहरुले काम गर्नु पर्दछ कार्यालय राम्रो भनेको के प्रति प्रश्न गर्दै कामका आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्ने धारणा राख्नु भयो । आधिकारीक ट्रेड युनियनले सरकार सँग राखेका २२ बुदाँहरु मध्ये ८ वटा बुदाँहरु सरकारले पुरा गरेको जान्कारी समेत दिनु भएको छ । देश समृद्ध बनाउन कर्मचारीहरुले इमान्दारिताका साथ काम गर्न समेत निर्देशन दिनु भएको छ । फरक प्रसंगमा अध्यक्ष ढकालले पशुको डाक्टरले पशुको उपचार गर्ने हो माइन्युट लेख्ने होइन भन्नु भएको छ । जिल्लामा सिविएले काम गर्न नसकेको स्वीकार गर्दै अध्यक्ष ढकालले भन्नु भयो आफै सरुवा माग्दै हिड्ने अवस्थामा रहेकोले समेत इमान्दारीताका साथ काम गर्न नसकेको बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारीले ऐन के आयो भन्दा पनि कर्मचारीहरुले कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्ने सोचनु पर्ने बताउनु भएको छ । कार्यक्रम सिविए पाँचथरका सचिव देवी अधिकारीले संचालन तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएकोे छ ।

प्रतिकृया दिनुहोस