बिपन्न चन्द्र बराइलीको परिवारलाई राहत बितरण


सिहंलिला समाचार

पाँचथरको फालेलुङ गाउँपालिका साबिक याङनाम घर भइ बिगत ३५ बर्षदेखि हिलिहाङ ७ साबिक भारपा ८ मा बस्दै आएका चन्द्रलाल बराइलीको परिवारलाई राहत बितरण गरिएको छ ।
आफुलाई कहिले जन्मेको हो भन्नेसम्म थाहा नभएका चन्द्र बराइलीको परिवार बिगतदेखि नै जंगलको छेउमा रहेको अर्कैको टहरोमा जिबन बिताइरहेका छन् । आफुले सात वटासम्म बिहे गरेको तर अरु सबैले छाडेर गएर अहिले एक श्रीमति साथमा रहेको बताउँछन् । दुइ दाजुभाइ बुहारी श्रीमति र २ छोरा र २ छोरी गरि बराइलीको ८ जनाको परिवार रहेको भए पनि आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरी अर्कैकोमा बसेर जिबिको पार्जन गरिहेको बताउनुहुन्छ– भारपाका समाजिक अभियान्ता रुद्र तामाङ । घरि २ हजार २ साल त कहिले २ हजार १२ साल बताउने चन्द्रलालकोे परिवारमा कसैले पनि नागरिकता लिएको छैन । नागरिकता नलिएकै कारण उन कि जेठी छोरी वनिम बराइलीको पढाइमा बाधा पुगेको छ । उनले पढ्ने स्कुलले जन्मदर्ता बेगर पढ्न नमिल्ने बतएपछि कक्षा ८ मा दुइपटक दोहोरिया कि छन् । सोमबार फिदिमबाट पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख बिस्नु प्रसाद सापकोटा, प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवर, अनुसन्धान प्रमुख हिरा भट्राई, पाँचथर उधोग बाण्ज्यि संघका अध्यक्ष दिपक नेपाल , अलैची ब्यवसाई संघका केन्द्रिय सदस्य नरेन्द्र अधिकारी, फिदिम माबिका बिद्यालय ब्यवस्थपन समितिका अध्यक्ष रमेश भगत प्रधानाङ, रेडक्रस पाँचरका सभापति कृष्ण प्रसाद बाँस्कोटा हिलिहाङ ७ का कार्यवहाक वडा कार्यवहाक अध्यक्ष सुनमान तामाङ, वडा सदस्यहरु माया कन्दङवा, गंगा लाम्गादे कार्यपालिका सदस्य बिरबहादुर धमला  लगायतको टोलीले बराइलिको परिवारलाई चामल, नुन, तेल भाँडाकुँडा, कपडा, त्रिपाल लगायतका सामाग्री बितरण गरेको थियो ।

 

प्रतिकृया दिनुहोस