अस्ट्रेलियामा पूर्व अर्थ मन्त्री पाण्डे सग अन्तरक्रिया कार्यक्रम हुदै 

प्रबासी नेपाली मञ्च अष्ट्रेलिया र चितवन समाज अष्ट्रेलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेसंग सिड्नीमा अन्तर्कृया कार्यक्रम गर्ने पक्का भईसकेको छ ।
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले नेता पाण्डेसँग डिसेम्बर १ तारिख ,२०१८ शनिबार साँझ अन्तर्कृया र रात्रिभोजको आयोजना गरिएको जानकारी दिएको छ ।
चितवन समाज अष्ट्रेलियाले कार्यक्रम क्याम्सीको एडिच किचेनमा डिसेम्बर २ तारिख ,२०१८ आइतबार विहान नौ देखि बाह्रबजेसम्म गर्ने भएको छ  । चितवन क्षेत्र नम्बर १ का सांसद साथै पूर्व अर्थ मन्त्री पाण्डे सग नेपालको समसामयिक बिषय बस्तु र भाबी योजनाको बारेमा अन्तरक्रिया रहेको चितवन समाजका छबि सापकोटाले जानकारी दिनु भएको थियो

प्रतिकृया दिनुहोस