आई एन एस अष्ट्रेलियाको आयोजनामा नीर्मला पन्तको न्याय को लागि मौनवर्त कार्यक्रम गर्दै

निर्मला हत्याकाण्ड भएको चार महिना बित्दा पनि छानविन समिती र गठबन्धन सरकारले हत्यारा पत्ता लागाउन सकिरहेको छैन। यता निर्मलाको हत्यारालाई कार्बाही दिलाउन १३ दिन अगाडि देखि अनसन बसेका  बुबा यज्ञराज पन्तले आफ्नो मानसिक सन्तुलन गुमाएका छन।उनी रातभरी नसुत्ने र दिनमा छोरी निर्मलाको नाम लिने र नाना थरी बोल्ने गर्दछन।यत्रो दृश्य देख्दा पनि सरकार भने कानमा तेल हालेर बसेको अवस्था छ। पोल पोल मा सरकार भेटियो टोल  टोल मा सरकार  भेटियन । 

अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले न्याय को लागि मौनवर्त नामक कार्यक्रमको  यही डिसेम्वर ९ तारिख आईतवार बिहान् अबर्न मेमोरियल पार्कमा  ११ देखी १ बजेसम्म  आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागि भई  १३ बर्षे निर्मला पन्तलाई सम्झिएर २ मिनेटको लागी मौन बसी  सांकेतिक रूपमा नेपाल सरकारको ध्यानआकर्षण गराउन सम्पुर्ण्  सिड्नी बासी नेपाली समुदायमा  अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले आग्रह गरेको छ  ।

प्रतिकृया दिनुहोस