शाकाहारी जिवनशैली

लेखक अर्बिन धिताल कौशिक, अस्ट्रेलिया

शाकाहार भन्ने शब्द सामान्य भाषामा भन्नुपर्दा मांसरहित आहार हो भन्ने बुझिन्छ र शाकाहारी भन्नाले मांसरहित आहार गर्ने व्यक्ति भन्ने बुझिन्छ। शाकाहार जिवनशैली अहिले पश्चिमा जगतमा पशुअधिकार वा पर्याबरणका निमित्त सुरुवात भएको जस्तो नया विचार भने होइन। शाकाहार धेरै पुरानो अझ भनौ पौराणिक काल भन्दा पनि पुरानो बैदिकयुगदेखिनै सुरुवात भएको जीवन जिउने पद्दती हो। अहिले यस समयमा मानिस विभिन्न कारणले शाकाहारि हुने होडबाजीनै चलेको छ। अहिले संसारभर मानिसहरु शाकाहारि विभिन्न प्रयोजन, कारण र दृष्टिकोणबाट हुने गर्दछन। यहाँ बैज्ञानिक कारण, धार्मिक कारण, ऐतिहासिक कारण र जीवन दृस्ठिकोणबाट मात्रै नभै बिशुद्द पशुप्रतिको प्रेमभावनाले पनि शाकाहारी बन्नेहरु छन। बैज्ञानिक कारणको कुरा यस युगका हरेकका निमित्त अन्तिम प्रमाण हुने गर्छ र शाकाहारी बन्नु पनि बैज्ञानिक दृस्ठिकोणले अति उपयुक्त, संसारहितका निमित्त, पर्यावरण सन्तुलनका लागि र शारिरीक र मानसिक दुबैमा श्रेष्ठस्वास्थका लागि अपरिहार्य छ। पशुपालनको लागि अहिले संरारभर बनजंगल फडानी गरि कृषिकरण गरिएको छ र यसैकारण उर्बर भुमिको अतिदोहनका कारण जमिनमा उत्पादशिलतामा निक्कै ह्रास आएको देखिन्छ। फलतः जमिन मरुभुमीकरण का लागि उपयुक्त बन्दै छ जुनकुरा भावी पुस्ताका लागि भयावह हुन सक्छ । एक किलो मासु उत्पादनका लागि करिब ७ किलो अन्नको आवश्कता हुन्छ र त्यही परिमणभर मासु उत्पादनका निमित्त संसारभर करोडौ मेट्रिकटन अन्नको गलत दोहन भैरहेको छ। पानी र हावा प्रदुषण हुनुको कारण पनि बढो मासुको उत्पादनले नै हो किनकी मिथेन ग्यास कार्बन डाइअक्साइड भन्दा २० गुणा अधिक हानिकारख हुन्छ जलवायुका लागि। हामि आफ्नो दैनिक भोजनका निमित्त यहि धर्तीमातालाइ जघन्य बैगुन लगाउदैछौ जुनकुरा हामी विल्कुल हेक्का राख्दैनौ र आफ्नो सर्वोपरी हित मात्रै जिन्दगिलाइ बुझाउछौ। यसैगरि धार्मिक हिसावमा चित्त शुद्धका निम्ति शाकाहार निर्बिकल्प आहार हो । हाम्रा सनातन र बौद्द संस्कृतिमा अध्यात्मिक उन्नतिका निमित्त मात्र नभै मन र शरिरको शुद्दता कायम राख्न, फराकिलो सोच विकास गर्नका लागि, सर्वोपरी हित सोच्नका निमित्त र प्राणिप्रतिको करुणाभाव र आत्मियता कायम राख्नको लागि मासुको सेवन बर्जित छ । अझ प्रणामी र बौद्द सम्प्रदाय हरु त प्राणि हितकै लागि कृयाशिल छन। फरक तरिकाले हामिले एकपल्ट मात्र मासुको सेवनले गर्ने असर सोच्न सक्यौ भनेमात्र पनि यौटा अवोध आत्म बच्ने थियो। हामिले आहाराका निमित्त कसैको मृत शरीर लुछ्ने मात्र नभै उनिहरुको कहालीलाग्दो चीत्कार, डर, यातना र जिवनमोह पनि आफुभित्र समाहित गरिरहेका हुन्छौ। कसैको भावनामा ठेस पुर्याउदा रमाउने मानवहरु अरुको भावना अंकित मासु सेवन गर्दा कति क्रूरताले भरिन्छ होलारु हामिले हामिलाइ के खादा राम्रो गर्छ भन्ने कुरानै हेक्का नराखि खाली स्वादका निम्ति मांसभक्षण गर्छौ र भन्छौ शाकाहारी हुन मुस्किल छ यो दुनियामा। आफुलाइ सानो काणा बिज्दा भक्कानिने हरु कसरि अरुको सिंगो इश्वरिय अस्तित्वमा धावा बोल्न सक्छौरु। संसारका भयानक रोगहरुको स्रोत मासुको आहार भन्ने थाहा हुदाहुदै पनि यो जटिल जिब्रोको स्वादका निमित्त अझ कति करोड प्राणले अल्पायुमै जीवन त्याग्नुपर्ने होरु विश्वभर मासुको माग बढ्दो छ र मानिसका लागि दैनिक रुपमा करोड अबोध आत्माहरुको अस्तित्व मेटाइन्छ। मांसाहारिका निम्ति उठ्ने प्रश्नहरु पनि आजकल हरेक कोणबाट विस्तारित छन। के यो संसारमा बाच्ने अधिकार हामी चेतनशिल मानव भनिनेका लागि मात्रै होरुके जिवन हाम्रो र ती अवोध प्राणिको यौटै होइन र रुके हाम्रा हरेक धर्म शास्त्रहरुमा हत्याहिंसा अभिप्रेरित गरिन्छरुकिन हामी आफ्नो सानो घाउमा अस्पताल जाने र सिंगो जीवन मेटाइदै गर्दा भोजनका हेतु प्रफुल्ल हुन्छौं रु त्यही दुधले संसारमा जीवन दिन्छ र त्यही मातृवत्सल्य मेटाउन किन उद्द्त छौरुकिन हानी प्राणीप्रति यति कठोर र भयभीत देखिने भएका हौरु सानोछदा हेरविचार गरेजस्तो गरेर त्यही शरिरका अंग लुछ्नुलाई पालनपोषण को उपमा दिन्छौ । अब त सोच्ने बेला भयो कि रु कि त्यही बोल्न नसक्ने अनि सामाजिक संजालमा आफ्नो फोटो हाल्न नसक्ने भएरै हो हाम्रो नजर राक्षसिय भएको प्राणीप्रतिरु मात्र एकपल्ट सोचौ स्वादभित्र कसैको जीवन हत्या गरिएको छ, रगतले लतपतिएको छ अनि चित्कारले भरिएको छ। तपाइले मासु होइन कसैको लासको गाँस बनाइरहनु भएको छ र संसारको सबैभन्दा ठुलो चिहान तपाइकै पेट बनिरहेको छ किनकी आकाशमा उड्ने सुन्दर पंक्षीदेखि जमिनमा दौडने जनावर संगसंगै समुन्द्रमा खेलिरहने ती सुन्दर अबोध माछाहरु तपाइकै आधा घण्टाको भोकका निमित्त संसार छोड्न बाध्य छन। सोच्नुस त मानव मर्दा धर्म अनुसार कृया गरेर आत्मशान्ती दिइन्छ तर ती विचरा प्राणिहरुलाइ त तपाइकै पेटभित्र पनि शान्ती छैन बाकी पूरा जीवन रमाएर जिउने कुरा त परै जाओस् । मानव बनै अनि हृदयमा प्राणिप्रती प्रेम भरौ।

प्रतिकृया दिनुहोस