फालेलुङ्ग ५ मा फुटबल खेल सम्पन्न 

कृष्ण भट्टराई 

सिंहलिला समचार
पाँचथरको फालेलुङ्ग गाँउ पालिका वडा नं. ५ मा दिपावलिको अवसर पारेर आयोजित फुटवल प्रतियोगिता सम्पन्न भएको छ । हेभेन्ली युवा क्लवको अध्यक्ष श्री शरण राईको अध्यक्ष र द्वितिया मेला व्यावस्थापन समितिको अध्यक्ष श्री आसमान राईको अध्यक्षतामा तथा माननिय साँसद श्री सीता थेवे ज्युको प्रमुख आथित्यमा साथै वालविकास युवा सुधार समुहको संयुक्त आयोजनामा खल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको कार्यक्रम सुमुत्घाटन गरी विभिन्न जिल्लाबाट पुरुष तर्फ ३६ टिम र महिला तर्फ ११ टिम गरी जम्मा ४७ टिमलार्य सहभागी गराई पुरुष तर्फ  प्रथम विजेता मुना युवा क्लव फालेलुङ ५ खेदोक लाई ट्रफी मेडल प्रमाण प्रत्र सहित नगद पुरस्कार रु ७००००।– प्रदान गरिएको छ । दितिय विजेता हेभेन्ली युवा क्लव फालेलुङ ५ लुदिनलाई मेडल,प्रमाण पत्र सहित नगद रु ३५०००।– प्रदान गरियो । महिला तर्फ प्रथम विजेता सुर्योदय युवा क्लव फालेलुङ ५ लाफेलाई ट्रफी मेडल प्रमाण पत्र सहित रु १०,०००।– नगद पुरुस्कार वितरण गरियो र दोस्रो विजेता मुना युवा क्लव फालेलुङ ५ खेदोकलाई प्रमाण पत्र मेडल सहित रु ५०००।– नगद पुरस्कार प्रदान गरियो त्यसै गरी उत्कृष्ट खेलाडीलाई उत्कृट बेष्ट डिफेन्डीङ हाइस्कोरलाई पनि पुरस्कृत गरियो । यसको साथै आदिवासी जनजाति महासंघ फालेलुङ ५ नं. वडा समन्वय परिषद को सहजिकरणमा हामी नेपालीहरु एकै जाती हौ भनी फालेलुङ ६ मा वसोवास गरिएको प्रत्येक जातिहरुको मैत्रिपुर्ण फुटबल प्रतियोगिता हेभेन्ली युवा क्लवको आयोजनामा खेल सम्पन्न गरियो । र द्वितिया मेलाको दशौ दिन हेभेन्ली युवा क्लवको अध्यक्ष श्री शरण राई र द्वितिया मेला व्यवस्थापन समितिको अध्यक्ष श्री आसमान राईको अध्यक्षतामा र फालेलुङ गाउँपालिका ५ नं. वडाका बडा अध्यक्ष श्री जीवन कुमार राईको प्रमुख आथित्यमा द्वितिया मेला समापन गरियो । 

 

प्रतिकृया दिनुहोस