चार दिने मौन वर्त युने  सम्पन्न

तारा ढुँगाना हिलिहाङ,

पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउपालिकाको संगम स्थलमा रहेको आगेजोङ साङछयो गुम्वामा कात्तिक २८ देखि सुरु भएको मौन ब्रत शनिबार सम्पन्न भएको छ । युने पर्बको अवसर पारि बिभिन्न स्थानका शेर्पा, लिम्बु र विद्यालयका विद्ययार्थीहरुबाट साँस्कृति झाकी प्रस्तुती भएको थियो । शनिबार लोक्पार खुदुक क्ष्यम लामा नाचको साथमा कार्यक्रमको समापन भएको हो ।

चार दिने मौन ब्रत  बुधबारबाट सुरु भएको थियो । दार्जिलिङका लामा तेन्जिङ गोम्देनको  उपस्थितिमा बिभिन्न ठाउँको २८ जना लामाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ताप्लेजुङ, इलाम, तेह्रथुम, झापा, दार्जेलिङ, लगायत ठाउँका भक्तजनहरुको उपस्थिति रहेको थियो ।

दार्जिलिङका लामा तेन्जिङ गोम्देनको प्रमुख आथित्ता र हिलिहाङ गाउपालिकाका प्रमुख भुवानी प्रसाद लिङदेन को बिशेष आथित्तामा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस