एक बर्ष भित्रमा घुर्बिसे पञ्चमीलाई अध्यारो मुक्त बनाउने साँसद नेम्बाङको उद्घोष

सिंहलिला समाचार 
एक बर्ष भित्रमा फाल्गुनन्द गाउपालिकाको घुर्बिसे पञ्चमीलाई अध्यारो मुक्त बनाउने प्रतिनिधि सभा सदस्य बसन्तकुमार नेम्बाङले बताउनु भएको छ । 
शनिबार दोस्रो घुर्बिसे पञ्चमी फुटवल प्रतियोगिताको उदघाटन कार्यक्रममा सो धारणा राख्नु भएको हो । विकास र समृद्धिका लागि युवाहरुलाई परिचालन गर्नु पर्ने बताउदै सांसद नेम्बाङले र्घुबिसे पञ्चमी बजारमा रेहको खेल मैदानलाई समेत चाडै स्तरोउन्ती गर्न पहल गर्ने बताउनु भएको छ । कार्यक्रममा जिल्लामा रहेका सबै काठे पुलहरुलाई समेत फलामे पुलमा परिणित गर्ने घोषणा गर्नु भएको छ । कार्यक्रममा संविधान सभा सदस्य अइन्द्र सुन्दर नेम्बाङले आफु संसद भएको वेला समेत विकास निर्माणका काममा ध्यान दिएको र अव पनि विकास र समृद्धिको लागि आफु लागि पर्ने बताउनु भयो । कार्यक्रममा फाक्फोक थाम गाउपालिकाका अध्यक्ष राम श्रेष्ठ, नेकपाका जिल्ला नेता राजकुमार भण्डारी लगायतले आआफरनो धारणा राख्नु भएको थियो । कार्यक्रम नाम्तोक युवा क्लवका अध्यक्ष बुद्धी चेम्जोङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत मन्तब्य र्घुविसे बजार बजार व्यवस्थापन समितिका सचिव टिका सम्वाहाम्फेले स्वागत मन्तब्य राख्नु भएको थियो भने संचालन क्लवका सचिव बिनोद आङ्देम्बेले गर्नु  भएको थियो ।  शनिवारबाट शुरु भएको उद्घाटन खेलमा हाङप्रतापसिं फुटवल क्लव फाल्गुनन्द ५ र पापोहाङ फुटबल क्लव फाल्गुनन्द ७ विच प्रतिश्प्रर्धा भए पनि मध्यान्तर सम्म कुनै गोल नभएको मध्यान्तर भन्दा उता मैसमका कारण खेल स्थगित गरिएको समेत आयोजक समितिले जनाएको छ । शनिवारबाट मंसिर ८ सम्म संचालन हुने खेलमा २० टिमको सहभागिता रहेको आयोजक क्लवका सचिव बिनोद आङ्देम्बेले बताउनु भएको छ । 
 

प्रतिकृया दिनुहोस