यौटा नदेखिएको आफुभित्रको अस्तित्व

लेखक अर्बिन धिताल कौशिक, अस्ट्रेलिया

मानव जीवनमा आधारित अहिलेसम्म लाखौ पुस्तक प्रकाशित भए हुदैआए र भैरहेका छन।  कुनै ले शरिरलाइ बढि महत्व दिएर शारिरिक रुपमै मानव हो भन्न भ्याए भने कतिपय ले मस्तिष्कको समायोजन नै वास्तविक मानव हो भने। यी दुबै बिच वास्तविक मानव संरचना भित्रको हो  वा बाहहोको भन्ने प्रश्न चाहिँ हुदैन किनकी शरीर र मन विचको समायोजन नै वास्तविक मानव हो तर पनि बढी प्रमुख रुपमा के हो भन्ने नै वास्तविक जिवनको खोज हो। ऐनामा हेर्दा देखिने शारिरिक बनावट त क्षणिक मात्र हो।

हाम्रो शरीर बिशुद्द प्राकृतिक पदार्थले बनेको छ। यहि पृथ्वीका हरेक सामानहरुको समायोजननै हाम्रो मांसपेशी बन्ने आधारहरु हुन । पृथ्वी भित्र भएका हावा, पानी, माटो, आकाश, अग्नि आदि इत्यादिको मिश्रणनै मानव शरीर बन्ने आधारहरु हुन। र यहि धर्तीभित्र हुने हरेक क्रियाकलापले हाम्रो शरिरमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव राख्ने हिम्मत राख्दछ। एकछिन हामी आफै विचार गरौ न हामि जन्मदा कति सानू थियौ र पछि हामिमा भएका वृद्धि कसरी सम्भव भयो भनेररु यसको पछाडी निश्चयनै रुखको बिउबाट बिरुवा भएर पछि फेरि रुख बनेजस्तै न्यून आकारबाट मानव संरचना पछि यथेष्ट मांसपेशीको भण्डार हुनेगर्छ जुन यहि धर्तीको अंशबाट परिपुर्ति भैरहन्छ।

शरिर वास्तबमा शरीरमात्र रहन्छ यदि त्यसमा मन वा जिवांश प्रवेश छैन भने। शरीर आफै चल्न सक्दैन र यसका हरेक क्रियाकलापका निम्ति मनको न्यानो साथ चाहिने गर्छ। वास्तबमा शरिरका हरेक कृयाकलाप मनबाट नै निर्देशित हुन्छ  जस्तो कि मानौ हाम्रो मन ड्राइभर हो भने शरीर यौटा साधन  । शरिरकै माध्यमले हाम्रो मनका अनेकन इच्छा अनि आकांक्षा परिपुर्ति हुन्छन।

बास्तबमा शरिरले मनबेगर कुनै पनि काम गर्दैन वा गर्न मान्दैन। शरिर आफू आफै निर्देशित हुदैन र यसका हरेक इच्छाका अगाडि हदैसम्म मनलाइ लचकता अपनाउनुपर्ने हुन्छ  वा नतमस्तक बनाउनुपर्ने हुन्छ।  शरीर त नाशवान छ र यौटा सानो घटनाले पनि शरिरलाइ कहिले नचल्ने गरि एकैठाउमा कुन्ठ्याउन सक्छ। तर मन जतिसुकै हलचल गर्न नसक्ने शरीर धारण गरेको भएपनि आफ्नो इच्छा अनुसार जहापनी पुग्न सक्छ।  धर्ती देखि अन्तरीक्ष, समुन्द्र देखि हिमालसम्म र क्षणभरमै विश्व भ्रमण गर्ने क्षमता  सम्म राख्न सक्छ यो मन किनकी कुनै पनि बन्धनबाट मन बाधिन सकिदैन अनि छुटकारा को अनुपम फल मनले आफुअनुकुल प्रयोग गर्न सक्छ।

शरिररको अन्तिम इच्छा भनेकै मनलाइ हदैसम्म सुखि राख्ने हुन्छ र यसैका निम्ति जन्म देखि मृत्युसम्म मनलाइ नै प्रभु मानी सेवा गरिरहन्छ र फलतः मनलाइ पनि शरिरका आवश्कता पूरा गर्नु आफ्नो दायित्व सम्झिन कर लाग्छ।

यो व्यस्त जिवनमा कहिलेकाही आफ्नो काम गर्ने जागर नहुदा नहुदपनी वा भनौ बिहान सबेरै उठन शरिरलाइ गार्हो भएपनी मनले जबर्जस्ति गरिसकेपछी नाइ भने भन्न सक्दैन र थकितका वाबजुद पनि मनको आदेश सहर्ष स्विकार्दै साथ दिइनैरहन्छ। पेटमा लागेको भोक शरिरलाइ केही समय खप्न गार्हो हुदैन अनि पानी पर्दा भिज्न कुनै ठूलो आपत्ती हुदैन तर मनलाइ भने सानै चोट परेपनी शरिरलाइ सम्म गलाइदिन्छ ।

शरीर मनको लागि सेवक हो र वास्तविक मानव त आखिर त्यही मन मात्र रहेछ किनकी आजसम्म मनको आदेशबिना शरीर चलेको इतिहास छैन तर जब मन शरीर छाडिदिन्छ तब शरीर पनि बेकाम भैदिन्छ। यसैगरी विना शारिरिक सक्रियताविनानै मनले मस्तिष्कमार्फत काल्पनिकता बुन्न सक्छ आफ्नै स्वैच्छिकतामा जहापनी पुग्न सक्छ र सपनाहरुको संसारमा आफुलाइ उभ्याउन पनि।

प्रतिकृया दिनुहोस