लाइम रोग नेपालमा पनि देखियो

सिंहलिला समाचार 

भदौ १२,

नसर्ने रोगहरु जस्तै मुटु, कलेजो, थाइराइड ग्रन्थी, हाडजोर्नी, स्नायु प्रणाली आधीका रोगीहरु बढ्दै गएको तथ्यांकहरुले देखाउँछ ।  यसैको आधारमा नेपाल सरकारले भावी स्वास्थ्य योजनाहरुमा सर्ने भन्दा नसर्ने रोगहरुको रोकथाम वा उपचारलाई उच्च प्राथमिकतामा राखेर योजना बनाइरहेको देखिन्छ। त्यसै अनुरुप स्वास्थ अनुसन्धान परिषद्ले पनि अनुसन्धानहरुको प्राथमिकता सूचीकृत गरेको पाइन्छ।

तर यी नसर्ने रोगहरु बढ्नुको पछाडि सरुवा रोगहरुको पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो हात हुने गर्छ भन्ने कुरामा नेपालमा मात्र होइन,  विश्वमा नै खासै चर्चा गरेको वा गहिरिएर चासो तथा अध्ययन भएको पाइँदैन।लाइम रोग एउटा यसको बलियो उदाहरणको रुपमा लिन सकिन्छ। संक्रमण भएको महिनौंपछि बिरामीहरु विशेष गरेर मुटु, हाडजोर्नी, स्नायु प्रणालीमा देखिने रोगहरु विकसित हुने गर्छ ।

त्यसपछि बिरामीहरु  ती रोगका विशेषज्ञहरुकोमा जाने गर्दछन् । लामो समयको अन्तरालपछि देखिने भएकोले संक्रमितहरुले पनि यो रोगको लक्षणहरु बिर्सिसकेका हुन्छन्। नेपालमा भने यो रोगको अवस्था नै थाहा थिएन केही समयअघिसम्म। तर केही महिनाअघि मेरो नेतृत्वमा भएको एक अनुसन्धानले नेपालमा पनि लाइम डिजिज रहेको प्रमाणित गरेको थियो ।

इकजोडिस् (Ixodes ) प्रजातिको किर्नाको टोकाईको कारणले लाइम डिजिज हुने गर्दछ। नेपालमा यो किर्ना रहेको वर्षौं अगाडिको प्रकाशित लेखले देखाउँदछ। भन्नाले, यो रोग नेपालमा वर्षौंदेखि अपरिचित रुपमा रहेको सहजै अनुमान गर्न सकिन्छ। यो किर्ना कम्तिमा पनि २४ घण्टा बढी मानिसको शरीरमा टाँसिएमा संक्रमित हुने सम्भावना बढ्दै जान्छ र तेस्रो दिनसम्म पनि त्यो किर्नालाई ननिकालेमा शतप्रतिशत लाइम डिजिज हुने सम्भावना हुन्छ।

यसले टोकेको तीन ९३० देखि तीस ९३०० दिन भित्रमा एक प्रकारको रातो गोलो  घेरा भएको आकृति छालामा देखिने गर्दछ। यो लगभग असी ९८०० प्रतिशत संक्रमितहरुमा देखिने गर्दछ  । यो लाइम डिजिज पहिचान गर्ने सबै भन्दा बलियो आधार हो ।  यो बाहेक ज्वरो, जिरिङ्ग हुने, टाउको दुख्ने, आलस्य हुने, जोर्नी दुख्ने, लिम्फ ग्रन्थी सुन्निने आदि यसका लक्षणहरु हुन्  ।

यी माथिका लक्षणहरु देखिएको अवस्थामा उपचार नगरे यसबाट बिभिन्न जटिलताहरु देखिन सुरु हुन्छन् । यसमा विशेष गरेर मुटुको चालमा अनियमितता, घुँडाका जोर्नीहरु दुख्ने, हातखुट्टाहरु झमझममाउने, अत्यधिक टाउको दुख्ने र घाँटी कडा हुने, अनुहारका मांशपेसिकाहरु कमजोर हुनु वा लत्रिनु, बिर्सिने बानी वा लामो समय याद वा सम्झना गर्न नसक्नु, टाउकोको सुजन हुने आदि नसर्ने रोगहरु देखिन सुरु हुन्छन् ।

संक्रमणको पहिलो तीस दिनभित्र पहिचान गर्न सके सामान्य औषधि सेवन गरे निको हुन्छ भने पछि देखिने जटिलताहरुको लागि पनि एन्टीबयोटिकहरु विशेषज्ञको विशेष प्रयोग गर्नु पर्दछ ।  जोर्नी र मंशपेसिका दुखिरहनु, सुत्न नसक्नु, बेचैनी हुनु  र एकदम थकित हुनु पोस्ट ट्रिटमेन्ट लाइम डिजिजका केही लक्षणहरु हुन्  ।  नियमित जाँच अन्तर्गत यसको परीक्षण गर्ने गरिँदैन ।

तसर्थ लक्षण अनुसार बिरामीहरु बिशेषज्ञहरुकोमा जाने गर्छन्। लाइम डिजिजको पहिचान गर्ने क्राइटेरिया पुर्याशउन गरिने ल्याब परीक्षणहरु सहजै उपलब्ध नहुने भएकोले नेपालमा यसको निश्चित निदान हालसम्म गर्ने गरिएको थिएन। यो पंतिकारको सम्पर्कमा मानिसहरु स-साना किर्नाहरुले टोकेर परामर्शका आउने गरेका छन्, जसमध्य लाइम डिजिज पनि नहोला भनेर भन्न सकिँदैन।

यो अमेरिका र युरोपमा सबैभन्दा बढी रिपोर्ट हुने किटजन्य रोग हो। र यसको जटिलताबाट हुने स्वास्थ समस्याको कारणले नेपाल आउने पर्यटकहरुले लाईम डिजिजको बारेमा बिशेष चासो लिएको पाइन्छ। (पत्रपत्रिकाबाट)

प्रतिकृया दिनुहोस