तिम्बुङ पोखरी महोत्सव भदौ २२ देखि हुने

सिंहलिला समाचार

पाँचथर-५ भदौं

ग्रामिण सास्कृतिक पर्यटनको विकास गरौ लोपोन्मुख जडिबुटी तथा बन्यजन्तुको संरक्षण गरौ भन्ने मुल नाराका साथ सिदिङमा गाउ पालिकामा रहेको तिम्बुङ पोखरीको प्रचार प्रसार गर्ने उद्देश्यले ३ दिने तिम्बुङ पोखरी महोत्सव हुने भएको छ । सिदिङमा गाउपालिकाकोे बैठकले भदौ २२ देखि २४ गते सम्म तिम्बुङ पोखरी महोत्सव गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत चुडामणि आमगाईले बताउनुभयो ।

उहाँका अनुसार महोत्सव सफल बनाउन गाउपालिका अध्यक्ष नरबहादुर कडरियाको संयोजकत्मा एक सय ११ सदस्यीय महोत्सवम मूल समारोह समिति गठन गरेको बताउनुभयो । त्यस्तै महोत्सव सफल बनाउनको लागि बिभिन्न ९ वटा उा समिति समेत गठन भएको छ ।

नन्दलाल गौतमको संयोजकत्मा आर्थिक उप समिति,कैलाश राईको संयोजकत्मा प्रचार प्रसार उप समिति,पृथ्बीकुमार राईको संयोजकत्मा ब्यवस्थापन उप समिति,बिजय चापागाईको संयोजकत्मा अतिथी सत्कार उप समिति,सुनिल सेलिङको संयोजकत्मा स्वयम सेवक उप समिति,पृथ्बीकुमार राईको संयोजकत्वमा पदमार्ग निर्माण तथा सरसफाई उप समिति, तेजेन्द्रकुमार लिम्बुको संयोजकत्वमा मनोरन्जन तथा सांस्कृतिक उप समिति र पृथ्बीकुमार राईकै संयोजकत्वमा लजिस्टीक ब्यवस्थापन समिति गठन भएको प्रचार प्रसार उप समितिमा संयोजक कैलाश राईले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस