ओशो दर्शन र नेपाल सम्बन्ध

लेखक अर्बिन धिताल कौशिक, अस्ट्रेलिया

आचार्य रजनिस अर्थात ओसोको नाम नसुन्ने वा धेरथोर नजान्ने सायद नेपालमा ज्यादै कम होलान । जिवनका बारेमा जान्ने इच्छा जोकोही लाई हुन्छ अझ आजको व्यस्त समयमा आफुलाइ आफैले पनि समय दिन निक्कै मुस्किल छ किनकि हरेक एक सेकेन्डलाई मानिसले उत्पादनशील बनाउन चाहन्छ र त्यसबाट लाभ सकेसम्म उठाउन पनि । ओसोका ७०० भन्दा बढि किताब प्रकाशित छन जहाबाटै उनको ज्ञानको अनुमान लगाउन सकिन्छ । ओसोले आफ्नो जीवन भर जिन्दगिका बारेमा अनेकौ खोज र अनुसन्धान गरे र कहिले पनि थाकेनन किनकी उनको खोज त त्यतिखेर पुर्ण भयो जतिबेला उनले उनको भाषामा भन्नुपर्दा निर्भाना प्राप्त गरे जुनबेला उनी मात्र २१ बर्षका थिए। जुन कुरा उनी स्वयमले प्रचारमा नल्याएपनि उनका अनुयायिहरु वा बोधी प्राप्त गरिसकेकाहरु उनको आगमनमा र शब्द उच्चारण नगरिकनै महशुस गर्थे र उनिहरुबाटनै यो बढी प्रयोग भएको पाइन्छ। उनको दर्शनमा भौतिकवाद र अध्यात्मबाद दुबैको प्रयोग भएको पाइन्छ जस्लाइ जोब्रा द बुद्द को शब्दले जनाउछ। उनको दर्शनमा निर्भाना प्राप्त गर्नेलाइ बुद्द भनिन्छ र पहिलो निर्भाना वा बुद्धतब प्राप्त गर्ने महामानव सिद्धार्थ थिए। उनकै पद्दती ओशोको दर्शन बन्न पुग्यो। मेडिटेसन मार्फत जोकोही पनि बुद्दत्व प्राप्त गर्न सक्छ भन्ने उनको प्रमुख विचार रहेको थियो यद्यपि, उनी गौतम बुद्दको बौद्द धार्मिक आस्थाप्रती भने सम्मोहित थिएनन मात्र बुद्दको बोधी प्राप्त गर्ने माध्यममा बढी रुचि राख्दथे। ओशोकै भाषा सापटि लिएर भन्नुपर्दा उनी न जन्मिए न मृत्युलाई नै आत्मसात गरे मात्र उनि सन डिसेम्बर ११, १९३१ देखि १९९० जनवरी १९ भित्र यस धर्तीमा आफ्नो अस्तित्व प्रकाशमा ल्याए। जिन्दगिको बारेमा बुझ्ने रहर संसारका हरेक चेतनशित मानवको मस्तिस्कमा रहिरहने भएपनी त्यसबारे खोज गर्ने आट ज्यादै सिमित व्यक्तिलाई हुनेगर्छ। किनभने,खोज सधै जीवन जिउने मै सिमित रहदैन र मृत्युलाई पनि नजिकै नियाल्ने चेस्टा गर्नुपर्छ जुनकुरा मायाप्रेम, गृहस्थ सम्हालेका, भुक्तभोगी र जिवनलाइ बाच्नेभन्दा अरु माध्यमबाट नदेखिका हरुलाइ निकै भयावह वा मुस्किल पर्न जान्छ। ओसो कुनै बिशेष धर्मका अनुयायी थिएनन र कोहिकसैप्रती आस्था राख्ने काम पनि गरेनन। उनको जीवन बुझ्ने र बुझाउने पद्धति बौद्ध परम्परा भित्र धेरै मेल खाने गर्छ र सन्यासी पथ सनातन अन्तर्गत को मुक्त पथ रहेको छ जुन उनी आफै सन्यासी थिए। ओसोको प्रवचन र प्रभाव त्यो समय ज्यादै चर्को, प्रभावयुक्त र वजनदार हुने गर्थ्यो तर बिवादित पनि संगसंगै थियो जसका कारण संयुक्त राष्ट्र संघ सहित २० रास्ट्रले उनको प्रवेशमा रोक लगायो । तर उनको जब मृत्युको घडी नजिकिदै थियो उनका बिरोधीहरु पनि उनको वास्तविक रहस्य वा अन्तरयात्राको स्थितिबारे मनन गर्न थाले। यसैगरी उनका प्रवेशमा रोक लगाउनेहरु पनि उनको मृत्यु पश्चात उनकै विचारमा आज खुशी पाउनको लागि उनकै शैक्षिक आश्रमाहरुमा बुझ्न, मेडिटेअसन गर्न र जीवन बिताउन सम्म आउने गर्छन जसमध्य सबैभन्दा चर्चित र ठूलो नेपालमा रहेको ओशो तपोबनको नामले चिनिएको छ र ओशोका विचारहरु मर्न नदिएर मौलाउन दिने ओशो चेला उनै ओशो तपोबनका स्वामी बोधिसत्व आनन्द अरुण रहेका छन। आज नेपालको ओशो तपोवन संसारका ९० भन्दा बढी देशका मान्छेहरुका दैनिक जिवनमा हुने उत्पीडन र तनाव हल गर्ने माध्यम बनेको छ । ओशोआश्रम भनेर अहिले नेपालको तपोबनलाइ नै प्रमुख मानिने गरिन्छ र स्वामी आनन्द अरुण यसका निमित्त जिवनको उत्तरार्ध सम्म घण्टौ लगाएर विश्वभरि ओशो दर्शन र आश्रम निर्माण गरेर मेडिटेशन मार्फत नेपाललाइ अध्यात्मिक गन्तव्य बनाउने काममा जीवन व्यतित गरिरहेका छन। नेपालले ओशो दर्शन मार्फत थोरैनै भएपनी आफुलाइ प्राचीन अध्यामिक क्षत्रको प्रभुत्वलाइ पुनर्जागरण गर्ने मौका राख्नु अध्यात्मिक पर्यटनका निम्ति मात्र नभै मानव दैनिकिमा मेडिटेनसमको बैज्ञानिक प्रयोग राम्रै रहनेछ।

प्रतिकृया दिनुहोस