अस्ट्रेलियामा नेपाल फेस्टिवल २०१८ को भब्य तयारी ,बहुचर्चित कलाकारहरु राजेश पाएल राई, पशुपति शर्मा , तिर्शाना गुरुङ , आचल शर्मा , शिव हमाल र विश्व नेपालीले साथ दिने

एनआरएनए अस्ट्रेलियाको आयोजनामा नेपाल फेस्टिवल २०१८ अस्ट्रेलियाको सुन्दर शहर सिड्नी को डार्लिंग हार्बर मा सम्पन्न हुने भएको छ मल्टी डैनामिक को प्रायोजन रहेको उक्त कार्यक्रमा नेपालका बहुचर्चित कलाकारहरु राजेश पाएल राई, पशुपति शर्मा , तिर्शाना गुरुङ , आचल शर्मा , शिव हमाल , विश्व नेपाली साथै स्थानीय कलाकारहरु को बेजोड प्रस्तुति रहेको छ एक देश , धेरै कथाहरु भन्ने स्लोगान को साथ आयोजित उक्त फेस्टिवल मा विभिन्न नेपाली परिकारहरुको साथ , सास्कृतिक कार्यक्रमको आनन्द लिनु सकिने र नेपालको पूर्ण झल्को एक साथ पुरा हुने बिस्वाश आयोजकको रहेको छ आयोजकले सम्पूर्ण सिड्नी बाशी नेपालीहरुमा उक्त कार्यक्रम मा उपस्थिति भई कार्यक्रम भब्य साथ सफल पार्न सहयोग गर्नु हुन अनुरोध समेत गरेको छ एनआरएनए अस्ट्रेलियाका भाइस प्रेसिडेन्ट नन्द गुरुङ ले कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र सम्पूर्ण सिड्नी बाशी नेपालीहरुमा आफुले सकेको सहयोग गरि नेपाली कल्चर प्रोमोट गर्न सहयोग गर्नु हुन अनुरोध गरेका छ कार्यक्रम २४ नोभेम्बर ,२०१८ , तुम्बालोंग पार्क, डार्लिंग हार्बर, सिड्नीमा हुनेछ

प्रतिकृया दिनुहोस